नेभिगेशन
नेपाल समाचार

मतदान आउन मात्र ४ दिन बाँकी

काठमाडौं- आम निर्वाचनको मिति मंसिर ४ गते आउन अब ४ दिनमात्र बाँकी छ ।

मतदानको मिति नजिकिदै जाँदा निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ । आयोगले मतदानस्थलहरुको पनि निर्धारण गरि सकेको जनाएको छ । आयोगले एक सय वटा अपाङ्ग मैत्री र कारागारमा रहेका कैदीबन्दीहरुलाई समेत मतदान गर्न सक्ने ब्यवस्था गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित बातावरणमा सम्पन्न गर्न सवै प्रबन्ध भइसकेकोले तोकिएको मतदान स्थलमा गई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरुलाई निर्वाचन आयोगले आग्रह गरे‍को छ ।

यसैबीचमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्न जाँदा मतदान स्थलमा मोवाइल, क्यामरा, लाइटर वा अन्य कुनै पनि किसिमका हातहतियार, कलम लगायत नलैजान आग्रह गर्नुभएको छ । निष्पक्ष निर्वाचन सबैको एकमात्र अभिष्ट भएकोले आचार संहिताको पालना गर्न र गराउन पनि आयोगले सबैमा अपिल गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्