नेभिगेशन
LEADING_MAIN

निर्वाचनबारे कूटनीतिक नियोगका प्रमुखलाई जानकारी

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को बारेमा कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई जानकारी गराएको छ ।

आयोगको कान्तिपथस्थित कार्यालयमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त सहितका पदाधिकारीहरुले काठमाडौं स्थित कूटनीतिक नियोगलाई जानकारी गराएको हो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, भयरहित बनाउन भएका तयारीबारे जानकारी गराउनुहुदै आयोगको प्रयासमा अन्तर्राष्ट्रिय समुदायले पुर्याएको सहयोग र देखाएको सदायशताको प्रशंसा गर्नुभयो । प्रमुख आयुक्त थपलियाले विगतका निर्वाचनहरूका अनुभवले आगामी निर्वाचनमा थप सुधार गर्नको निमित्त सहयोग पुग्ने पनि बताउनुभयो ।

आयोगका आयुक्तहरु, आयोगका सचिवसहित उच्च अधिकारी सहभागी कार्यक्रममा काठमाडौंस्थित २० भन्दा बढी कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरुका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा आयोगका उपसचिव एवं योजना, अनुगमन तथा वैदेशिक सम्बन्ध शाखाका प्रमुख कमल भट्टराइले निर्वाचनसम्बन्धी विविध जानकारीको प्रस्तुतीकरण गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्