नेभिगेशन
कला/शैली

रमणको हामी जनतालाई धेरै गाह्रो छ म्युजिक भिडियो सार्बजनिक

एनएनए प्रतिनिधि


सिड्नी । अस्ट्रेलियालाई कर्मथलो बनाउदै आएका गायक रमण रेग्मीको शब्द रचना ,स्वर र अभिनय रहेको "हामी जनतालाई धेरै गाह्रो छ "म्युजिक भिडियो हालै सार्बजनिक भएको छ । बरिस्ठ संगीतकार हरि लम्सालको संगीत रहेको उक्त म्युजिक भिडियोमा नेपाली जनताले भोग्दै आएका बास्तविक समस्यालाई चित्रण गर्ने प्रयास गरिएको छ । केशबराज भट्टको निर्देशन रहेको सो म्युजिक भिडीयोको छायांकन नवराज उप्रेतीले गरेका हुन् ।

सबिना कुवर रेग्मीको निर्माणमा बनेको सो म्युजिक भिडियोमा सिर्जना पोखरेल र कमल रेग्मीलगायतका कलाकारले अभिनय गरेका छन् । इन्स्टा एजुकेशन एंड भिषा सर्भिसले सहकार्य गरेको सो म्युजिक भिडियो दिन्सोन शाहको सम्पादन र कलर ,मिनाक्षी भट्टराईको मेकअप समाबेस रहेको छ । गायक रेग्मीको यसअघि घर त लगनखेल, खुल्ला जमिन , मेसो पा छैन , तिमीलाई भेटेदेखि लगायतका गीत र म्यजिक भिडियोहरु बजारमा आईसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्