नेभिगेशन
अन्य

नेपाल फेस्टिभल ब्रिसबेन २०२२ को तयारी पुरा

सिड्नी । अस्ट्रेलियाको सुन्दर शहर ब्रिसबेनामा नोभेम्बर १३ तारिख आइतबार हुने नेपाल फेस्टिभलको तयारी पुरा भएको छ ।
समग्र अष्ट्रेलिया र आप्रवासी नेपालीको बसोवास रहेको बिश्वका अन्य शहरहरूको लागि समेत अनुपम उदाहरण बनाएर महोत्सब मार्फत् नेपाली कला र संस्कृतीको प्रबर्धन गर्ने उद्देस्यले आयोजना गरिने सो महोत्सबमा करिब १० हजार नेपाली र गैर नेपालीहरुले सहभागिता जनाउने आयोजक सस्थाले जनाएको छ । एनआरएन अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्य समितीले नेपाली दुताबास क्यान्बेरा, नेपालली ब्यबसायी एबम प्रबासी नेपाली समुदायसँग हातेमालो गर्दै आयोजना गरेको ब्राण्डेड मेगा ईभेन्टमा क्वीन्सल्याण्ड , क्यानबेरा ,सिड्नी ,मेलबर्न लगायतका राज्य र शहरबाट गैर आवासिय नेपालीहरुले सहभागिता जनाउने छन् ।
ब्रिसबेन शहरको केन्द्र किङ्ग जर्ज स्क्वायरमा हुने नेपाल महोत्सव तयारीका बारेमा नेपाल न्युज अस्ट्रेलियासंग कुरा गर्दै एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष एबं क्वीन्सल्याण्ड राज्य समितीका संयोजक बिनोदभक्त आचार्यले महोत्सवलाई भब्य र सभ्य रुपमा सम्पन्न गराउन विभिन्न २३ ओटा उपसमिति मार्फत काम भैरहेको बताए । उनि भन्छन् - बिगतमा भएका महोत्सबलाई निरन्तरता दिनुका साथै यस पटक अझ परिस्कृत गर्दै रथ यात्राको कार्यक्रम लाई समेटिएको छ । महोत्सबमा नेप्लिज एसोसियसन अफ क्वीन्सल्याण्ड लगायतका केहि नन प्रोफिट सस्थाहरुलाई निसुल्क रुपमा स्टल उपलब्ध गराइएको छ । त्यसको अतिरिक्त ब्यबसायिक स्टल ३० ओटा रहने छन् । महोत्सबमा राखिने नेपाल हाउस ,यहि जन्मे हुर्केका नेपालीहरुले नेपाली कला ,सस्कृति, रिति रिवाज र भेस भुषा झल्कने गरि परेड खेल्ने छन् । महोत्सवलाई थप ब्यबस्थित बनाउन विभिन्न सामाजिक सस्थाहरुले सस्थागत रुपमै काम र जिम्मेवारी बाडफाड गरिएको छ भने ब्रिसबेन निवासी नेपालीहरु सहयोगी भावना का साथ महोत्सब सम्पन्न गर्न जुरुक्कै उठेका छन् ।
महोत्सवलाई भब्य एबं सभ्य रुपले सफल बनाउन आयोजक सस्थाले विभिन्न समिति एबं उपसमिति मार्फत् काम गरेको छ । महोत्सबमा लोकप्रिय कलाकार दिपक बज्राचार्य एबम दि रिदम ब्याण्डको टोली सँगै चर्चित गायक प्रकाश सपुतको प्रस्तुती अनि स्थानीय कलाकार बिश्व बस्नेतको दि सरगम ब्याण्ड लगायतका कलाकारहरूले आधुनिक, पप र लोक गित प्रस्तुत गर्ने छन् ।
खासगरी नेपाल महोत्सब त हामी गए पनि नगए पनि सफल भैहाल्छ तर मुलकुरो हरेक दुईदुई बर्षमा गरिने यो मेलाले पार्ने प्रभाब का बारेमा निरन्तर बहस र मोडालिटीमा परिवर्तन जरुरी भएको पत्रकार भरतराज पौडेल बताउछन् । एनआरएनए अस्ट्रेलियाको यो अभियानमा जोडिन आग्रह गर्दै पत्रकार पौडेलले आफ्नो फेसबुक स्ट्याटसमा लेख्छन् - प्रवासमा बसेका नेपालीले समग्र नेपालको आर्थिक विकासमा योगदान, यहाँको प्रबिधी शिप लगानी र ब्यबस्थापकिय क्षमतालाई नेपाल सम्म पुर्‍याउन सक्ने बाताबरण बनाउन सबैको सहयोग अपरिहार्य छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्