नेभिगेशन
अन्य

होवार्टमा पहिलो नेपाल महोत्सवको तयारी पुरा

अष्ट्रेलियाको होर्वाटमा आगामी नोभेम्बर छ मा नेपाल महोत्सव आयोजना हुने भएको छ । नेपाल महोत्सवको लाई भव्य र व्यवस्थितरुपमा सम्पन्न गर्नका लागि एनआरएन तास्मानिया र आसपासमा रहेका नेपाली संघसंस्थाहरु र सिंगो नेपाली समुदाय तीव्र तयारीमा जुटेको छ । होर्वाटको केन्द्रबिन्दु पार्लियामेन्ट्री लन सालामांकामा आयोजना हुन लागेको यो महोत्सवसँंगै नेपाली पहिचान र भेषभुषा सहित शहरमा परेडको समेत आयोजना गरिने भएको छ ।
गैर आवासीय नेपाली संघ तास्मानिया राज्य समितीका संयोजक राकेश शाक्य नेपाल महोत्सव केवल पर्यटन प्रर्वधनका लागि मात्र नभई, नेपाल र अष्ट्रेलियाबीचको आपसी सम्बन्ध, नयाँ पुस्ताका लागि आफ्नो मौलिक पहिचान दिलाउने महत्वपुर्ण अवसरका रुपमा पनि रहेको बताउछन । बिशेष गरी तास्मानियामा पहिलो पटक आयोजना हुन गइरहेको नेपाल महोत्सव यस क्षेत्रका नेपालीहरुको ठूलो इभेन्ट भएको हुँदा माहोल एकदमै उत्साहजनक रहेको संयोजक शाक्यको ठम्माइ छ ।
आयोजक टिमका तर्फबाट पनि साथीहरुले सबैसंग हातेमालो गर्दै आ–आफ्नो बिधामा कार्य गरिरहेका छन । यो हातेमालोमा केबीए ग्लोबल र आरजीआइटी लगायत विभिन्न व्यबशायिक संघ संस्थाको पनि साथ पाएका छौं। नेपाली समुदायको अगुवा लगायत एनआरएनका साथीहरुको मिहिनेत र परिश्रमले पहिलो नेपाल महोत्सव तास्मानियाका लागि अवीष्मरणीय रहने बिश्वास लिएका छौ, संयोजक शाक्यले बताए ।
साँच्चै नेपालीहरुको ठूलो पर्व आइरहेको छ जस्तो लागिरहेको छ ,जोडतोडका साथ तयारी भइरहेको हुँदा यो महोत्सब भब्य र सभ्य हुनेछ, एनआरएन तास्मानियाका उपसंयोजक जगदिश खड्काले सुनाए । यो महोत्सवले लाखौ तास्मािनयाबासी अस्ट्रेलियनले नेपाल चिन्ने छन र महशुस पनि गर्ने छन , खड्काले भने । यस महोत्सव गर्नुको मुख्य उद्देश्य भनेको नै नेपाललाई अस्ट्रेलियामा चिनाउनु र नेपाली कला, संस्कृति तथा नेपाली मौलिकपन दोस्रो पुस्ताहरुमा हस्तान्तरण गर्नु हो, उप संयोजक खड्काको कथन थियो ।

पहिलो पटकको आयोजना र महोत्सवको तयारी एवं प्रचार प्रशारले पाँंच हजार भन्दा बढि नेपालीले यस पटक महोत्सवमा सहभागिता जनाउने आशा राखेका छौ, एनआरएन तास्मानियाका सचिब लोकेन्द्र बिष्टले सुनाए ।
पहिलो ठूलो कार्यक्रमका रुपमा तास्मानियामा हुन लागेको नेपाल महोत्सवले यहाको नेपाली समाजलाई एकताको सुत्रमा बाध्नुका साथै मुलुकको पहिचानको नया ढोका खोल्ने तयारीका रुपमा पनि लिएको सचिब बिष्टले सुनाए ।
जनसम्पर्क समिती तास्मानियाका युवा अभियन्ता रमेश श्रेष्ठ महोत्सवमा स्थानीय अजीहरु आएर आफ्नो देश नेपालको बारेमा अवलोकन गर्ने मौका पाउने र यसले नेपालप्रति जान्ने उत्सुकता समेत बढने कुरा बताउछन । नेपाल महोत्सव सच्चिक्कै नेपाली कला, संस्कृति झल्किने ठुलो पर्व हो । यसलाई भब्य र सभ्य बनाउन सबैको साथर सहयोग आवश्यक रहेको श्रेष्ठले बताए । कार्यक्रममा नेपालवाट आउने रिदम ब्यान्ड र दिपक बज्राचार्य लगायतका कलाकारले भरपुर मनोरन्जन प्रदान गर्ने छन । महोत्सवको आकर्षकको रुपमा नेपाल हाउस समेत रहने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्