नेभिगेशन
अन्य

मुलुक चिनाउने मेला हो नेपाल महोत्सव : बिनोद कुवंर

कृष्ण तिवारी

अष्ट्रेलियाको सिडनीमा आगामी नोभेम्बर १९ मा नेपाल महोत्सव आयोजना हुने भएको छ। नेपाल
महोत्सवलाई भव्य र व्यवस्थितरुपमा सम्पन्न गर्नका लागि सिडनीबासी, आसपासमा रहेका
नेपाली संघसंस्थाहरु र सिंगो नेपाली समुदाय तीव्र तयारीमा जुटेको छ । विगत केहि वर्षदेखि अष्ट्रेलियालाई
कर्मथलो बनाएका बिनोद कुँवर अष्ट्रेलिया आएदेखि नै नेपाली भाषा र संस्कृतिको जर्गेना गर्ने
कार्यमा आफ्नो हात अगाडी बढाइरहेका छन । गैर आवासीय नेपाली संघ( एनएसडब्लु) अष्ट्रेलियाको
सचिव कुँवरले नेपाल महोत्सव सिडनी २०२२ केवल पर्यटन प्रर्वधनका लागि मात्र नभई, नेपाल र
अष्ट्रेलियाबीचको सम्बन्ध, अष्ट्रेलियामा हुर्किरहेको नयाँ पुस्ताका लागि आफ्नो मौलिक परिचय दिलाउने
अवसरका रुपमा पनि रहेको बताउछन । बिशेष गरी नेपाल फेस्टिवल सिडनीको सबैभन्दा ठूलो इभेन्ट भएको हुँदा माहोल एकदमै उत्साहजनक रहेको कुवरको ठम्माइ छ ।
आयोजक टिमका तर्फबाट पनि साथीहरुले सबैसंग हातेमालो गर्दै आ–आफ्नो बिधामा कार्य गरिरहेका
छन । यो हातेमालोमा ब्यबसायिक संस्थाको पनि साथ पाएका छौं। महोत्सवलाई सफल बनाउनका लागि
जुन तरिकाले सबै साथीहरु सक्रिय रुपले लागिपर्नु भएको छ, यसलाई देख्दा साँच्चै नेपालीहरुको ठूलो पर्व आइरहेको छ जस्तो लागिरहेको छ। आशा छ, जोडतोडका साथ तयारी भइरहेको हुँदा यो महत्सब भब्यर सभ्य हुनेछ, कुवर बताउछन । 
हामीले यो महोत्सव गर्नुको मुख्य उद्देश्य भनेको नै नेपाललाई अस्ट्रेलियामा चिनाउनु र नेपाली कला,
संस्कृति तथा नेपाली मौलिकपन दोस्रो पुस्ताहरुमा हस्तान्तरण गर्नु हो। यसो हुँदा पनि नेपालीपनलाई माया
गर्नेहरुको सहभागिता अघिल्ला बर्षहरुमा भन्दा यो बर्ष धेरैको रहने अपेक्षा राखेको सचिब कुवर बताउछन । लकडाउन पछिको पहिलो ठूलो कार्यक्रम र चार वर्षको अन्तरालमा हुन लागेको नेपाल महोत्सवले अस्ट्रेलियाको नेपाली समाजलाई जुरुक्कै पारेको महशुस भएको छ ।
पेशाले आइटी इन्जिनियर रहेका सचिब कुवर नेपाल महोत्सवमा सहभागी हुँदै गर्दा एउटा यसअघि दर्शक भएर गइरहँदा यसको लोप्रीयता देखेर दंग पर्थे । तर अहिले उनि आयोजकका रुपमा प्रत्यक्ष रुपमै संलग्न भएका छन । महोत्सवमा स्थानीय अजीहरु आएर आफ्नो देश नेपालको बारेमा अवलोकन गर्ने र अझै नेपालप्रति जान्ने उत्सुकता जनाइरहेको देख्दा अत्यन्तै खुसी लाग्थ्यो उनलाई ।
नेपाल महोत्सव सच्चिक्कै नेपाली कला, संस्कृति झल्किने ठुलो पर्व नै यहि हो जस्तो लाग्छ । अरु महोत्सवहरुमा पनि नेपाली कलाकारलाई ल्याएर कार्यक्रमहरु त गरिन्छ तर त्यो एउटा म्युजिक कन्सर्टको रुपमा मात्रै सिमित हुन्छ । नेपालको समग्र प्रतिनिधित्व गराउने खालको भाषा संस्कृति, पहिरन,खाना अनि धार्मीक महत्वका बिषयबस्तुले नेपाल महोत्सवलाई बिशेष र अलग बनाएको छ । जसले गर्दा नेपाली कला, संस्कृति जोगाउने सबैभन्दा ठूलो र महत्वपूर्ण इभेन्टस भनेको नै नेपाल महोत्सव हो जस्तो लाग्छ, कुवर ठोकुवा गर्छन । हाम्रो आफ्नो मौलिक परिचय दिन पाउने उत्सब पनि हो नेपाल महोत्सव ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्