नेभिगेशन
अन्य

सीड्नीमा छठ पर्व भब्यरुपमा सम्पन्न

तराई ,मधेशमा निकै लोकप्रीय चाडका रुमा रहेको छठ पर्व अहिले राजधानी काठमाडौ हुदै बिदेशमा पनि धुमधामका साथ माउन थालिएको छ । सूर्य उपासना गरी मनाइने छठ अर्थात् छैठ, छठी, दिनकर दिनानाथ, छइठ आदि नामले जानिने पर्व यस पटक अस्ट्रेलियाको सीडनीमा भब्य रुपमा सम्पन्न भएको छ । तराइमा बसोबास गर्दै आएका नेपालीहरुको संगठन एशोयिट्स अफ नेपाल तराइ अस्ट्रेलियाले सीडनीको लिभुरपुल क्षेत्रको चिपीङ नर्टन पार्कको तलाउ किनारमा यो पर्वलाई भब्य रुपमा आयोजना गरेको हो । कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलासराज पोखरेलले सपरिवार सहभागिता जनाएका थिए । राजदुत पोखरेलले छठ पर्वको महत्व बढदैजाँंदा यतिखेर यो राष्ट्रीय पर्वका रुपमा पहिचान बनाइसकेको बताए । यसरी अस्ट्रेलिया आएर पनि नेपालीजनले बिदेशी भुमिमा आफ्ना गौरवमय पर्वहरु मनाउनु आफैमा महत्वपुर्ण उपलब्धी भएको बताए ।
पञ्चमी (खर्ना) देखि पूर्णिमासम्म चेलीबेटीले रातिमा सामाचकेवा लोकगीत गाएर र खेलेर यो पर्व सुरु गर्छ्न् । दसैँ र तिहारलगत्तै पर्ने यो पर्वमा कात्तिक शुक्ल पक्ष षष्ठीको छठी माईको पूजाअर्चना गरी पुत्र, पति र परिवारको सुख–शान्तिको कामना गर्ने गरिन्छ । पञ्चमी (खर्ना) देखि पूर्णिमासम्म चेलीबेटीले रातिमा सामाचकेवा लोकगीत गाएर र खेलेर यो पर्व सुरु गर्छ्न् । भोलिपल्ट सप्तमी (पारन) का दिन बिहान उदाउँदो सूर्यलाई पुन:अघ्र्य दिइ पूजा बिसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिने आयोजक एन्टाका अध्यक्ष शुवांस शाहले बताए । कार्यक्रममा एनआरएनका उपाध्यक्ष देब गुरुङ ,काउन्सिलर भद्रा वाइवा अनि आइसीसी सचिब होम पाण्डे लगायतले छठ पर्वको महत्वबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्