नेभिगेशन
अन्य

अस्ट्रेलियाको पर्थमा फुटबलको रौनक

अस्ट्रेलियाको पश्चिमी शहर पर्थमा यतिखेर नेपाली समुदाय भित्र फुटबलको रौनकले छपक्कै छोएको छ । हरेक बर्ष पर्थमा सन्चालन हुने वेस्र्टन अस्ट्रेलिया नेप्लीज फुटबल लिग प्रारम्भ भैसकेको छ । लिग कम नक आउटका आधारमा सन्चालन हुने यस लिग फुटबलमा पर्थवरपर छरिएर रहेका दश वटा नेपाली फुटबल क्लबले सहभागि जनाएको लिगका आयोजक सुवास श्रेष्ठले जानकारी दिए । खेलुकदको माध्यमवाट आपसी भाइचारा र नेपालीजनबिच सदभाव बढाउने उद्देस्यले यो प्रतियोगिता हरेक बर्ष आयोजना गरिदै आएको श्रेष्ठले बताए । पर्थमा नेपाली विध्यार्थीहरुको संख्या दिनदिनै बढिरहेको अवस्थामा खेलुकद एक आपसमा जोडीने माध्यम पनि बन्दै आएको श्रेष्ठको तर्क रहेको छ ।
यस पटक वेस्र्टन अस्ट्रेलिया नेप्लीज लिग फुटबलमा नेप्लीज युनाइटेड क्म्लब, गोर्खा व्वाइज, ड्राष्न युनाइेटड, नमस्ते फुटबल क्लब,युवा फुटबल क्लब, एसएफजी , खुकुरी फुटबल क्लब,म्याडिगंटन क्लब,गोर्खा ब्वाइन बी र भाषा पाठशाला रिक्रेएसन क्लबले सहभागि जनाएको आयोजक मध्येका एक प्रवेश थापाले बताए । हरेक बर्ष आयोजना हुने यस लिग फुटबललाई यसपटक एभरेष्ट ग्लोबल एजुकेशनले मुख्य प्रायोजक बनेर सहयोग गरेको छ भने अस्ट्रेलियन टेक्नीकल कलेजले सह प्रायोजकको भुमिका निर्वाह गरेको लिग संचालक कमल थापाले बताए । प्रतियोगितामा खेलाडीहरुलाई हिमालयन नेप्लीज रेष्टुरेन्टले मिष्ठान्न भोजन उपलब्ध गराएर आफुलाई प्रतियोगिताको फुड पार्टनरको रुपमा उभ्याएको छ । प्रतियोगिताको च्याम्पीयन टोलीले २५ सय डलर र ट्रफी तथा दोस्रो हुनेले १५ सय र तेस्रो स्थान हात पार्नेले सात सय पचास डलर प्राप्त गर्ने छन । हरेक आइतबार सन्चालन हुने यस
प्रतियोगिताका आठवटा लिग चरणका खेलहरु समाप्त भएका छन । करिब तिन महिनासम्म चल्ने लिग नोभेम्बरसम्म चल्ने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्