नेभिगेशन
अन्य

मल्टी डाइनामिक अर्वनले जित्यो बिजनेश अर्वाड

अस्ट्रेलियाको सीडनीमा नेपालीहरुको घना बस्ती भएको कम्बरल्यान्ड काउन्सिलले प्रत्येक बर्ष दिने लोकल बिजनेश अर्वाड २०२२ यस पटक नेपालीहरुको स्वामित्व भएको रियलस्टेट मल्टी डाइनामिक अर्वनले हात पारेको छ । स्थानिय काउन्सिल क्षेत्रका उत्कृष्ट ब्यापारीक घरानाहरुलाई प्रदान गरिने यो पुरस्कार स्थानियतहमा निकै महत्वपुर्ण मानिन्छ । यसअघि फाइनलसम्मको यात्रा तय गरेको मल्टी डाइनामिक अर्वनले फाइनलमा आफ्ना आधा दर्जन
प्रतिस्पर्धीहरुलाई उछिन्दै उपाधि हात पारेको हो । स्थानिय तहमा भएपनि काउन्सिलको यो अवार्डले हामीलाई रियलस्टेट क्षेत्रमा काम गर्न थप हौसला मिलेको छ , उपाधि हात पारेपछि मल्टी अर्वनका प्रमुख डिल्ली ढकालले बताए । कुनै पनि संस्थाले स्थानिय तहमा गरेको काम र कार्यालयको व्यबस्थापन मापनपछि काउन्सिलले यो पुरस्कार प्रदान गर्दछ ।
अस्ट्रेलियन भुमिमा रियल स्टेट पेशामा समेत नेपालीहरुको उल्लेख्य सहभागिता बढेको र अहिले आएर स्थानिय तहका पुरस्कार समेत हात पार्नु आफैमा महत्वपुर्ण बिषय भएको मल्टी अर्वनका निर्देशक विजय ज्ञवालीले सुनाए । काउन्सिलद्धारा आयोजित एक भब्य समारोहमा स्थानिय मेयरले सो उपाधि प्रदान गरेका थिए ।

https://www.youtube.com/watch?v=D-YjI-nNXdU&feature=youtu.be
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्