नेभिगेशन
LEADING_MAIN

पहिलो पटक तास्मानियामा नेपाल फेस्टिभल हुदै


सिड्नी । एनआरएनए अस्ट्रेलियाको सिग्नेचर ईभेण्टको रुपमा आफ्नो पहिचान बनाइसकेको नेपाल फेस्टिभललाई एनआरएनए अस्ट्रेलिया तास्मानिया राज्य समितिले यस बर्ष देखि भब्य कार्यक्रम गर्दै मनाउने भएको छ । तास्मानियाको होबर्ट स्थित पर्लामेन्ट्री गार्डन सालामन्का आगामी नोभेम्बर ६ तारिखमा हुने उक्त महोत्सबमा तास्मानियामा रहेका नेपाली एबं अरु देशका नागरिक हरुको सहभागिता जनाउने छन् ।
महोत्सबका बारेमा नेपाल न्यूज अस्ट्रेलियासंग कुरा गर्दै एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एबं एनआरएनए तास्मानिया राज्य संयोजक राकेश शक्याले महोत्सबको तयारी अन्तिम चरणमा पुगेको र महोत्सब मार्फत् नेपाली कला सस्कृति एबं हाम्रो रिति रिवाजको प्रबर्धन गरिने बताए । उनले महोत्सबमा अस्ट्रेलियाका लागि नेपालका राजदुत कैलाशराज पोखेरल , विभिन्न राज्यका बाणिज्यदुत ,एन आर एन ए का अभियन्ता हरु तथा नेपाली सामिजिक सस्थाका प्रतिनिधि , स्थानिय जनप्रतिनिधिहरु र नेपाली समुदायको सहभागिता रहने जानकारी दिए ।

फेस्टिबलमा दिपक बज्राचार्यको द रिदम ब्याण्ड सहित अन्य स्थानीय कलाकारहरुले आ आफ्नो सागींतिक प्रस्तुती गर्नेकार्यक्रम रहेको छ । त्यसैगरी नेपाली भेषभुषा झल्कने पहिरनमा सजिएर नेपालीहरुले परेडमा भाग लिने छन् । महोत्सबमा नेपाल हाउस मार्फत् नेपाललाई चिनाउने प्रयास गरिने छ । बिगत केहि बर्षदेखि नेपालीहरुको रोजाइमा पर्दै आएको तस्मानियामा नेपालीहरुको संख्या बर्षेनी बढ्दै गएको छ । हाल करिब पन्ध्र हजार नेपाली हरु सो राज्यमा बसोबास गरेको अनुमान गरिएको छ । महोत्सवलाई भब्य एबं सभ्य रुपले सफल बनाउन आयोजक सस्थाले विभिन्न समिति एबं उपसमिति मार्फत् काम गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्