नेभिगेशन
अन्य

क्यानबेरामा नेशनल लिडरशिप फोरम सम्पन्न

अस्ट्रेलियाको राजधानी क्यानबेरामा सम्पन्न चार दिने नेशनल लिडरशिप फोरममा अस्ट्रेलियाका नेपाली युवा व्यबशायी र वक्ताका रुपमा नेपालका चर्चित बैंकर अनिल शाहको सहभागिता निकै महत्वपुर्ण रहयो ।
क्यानबेरास्थीत संघिय संसदको अभिन्न अंगका रुपमा रहेको नेशनल लिडरशिप फोरम अस्ट्रेलियाका युवाहरुलाई नेतृत्वदायी भुमिकाका लागि अभ्यास गराउने थलोको रुपमा रहेको छ । सन १९९७ मा स्थापना भएको नेशनल लिडरशिप फोरममा अस्ट्रेलियन राजनितीको मुल्य र मान्यता तथा युवा नेतृत्वको बिकास मुख्य बिषय भएको संस्थाका कार्य समितीका सदस्य तथा नेपाली युवा व्यबशायी सागर लोहनीले बताए । सो फोरममा इन्टरनेशनल इन्सिच्युट अफ एजुकेशनको सहयोगी भुमिका समेत रहेको थियो । लोहनी सन २०१४ मा पहिलो पटक फोरममा नेपाली युवाका रुपमा सहभागि भएका थिए । यस पटक कार्यसमिती सदस्य लोहनीकै पहलमा सो महत्वपुर्ण फोरममा बक्ताका रुपमा नेपाली युवा अभियन्ता तथा बैंकर अनिल शाहको सहभागिता रहेको थियो । बिशेष प्रस्तुतीका रुपमा शाहको नेतृत्व बिकाससम्वन्धी गोष्ठी निकै रोचक र प्रशंसनिय रहेको फोरममा सहभागि व्यबशायी बिकास भण्डारीले बताए । नेपाली वक्ता आएर अस्ट्रेलियन राजधानी क्यानबेरामा यस्तो महत्वपुर्ण फोरममा यस किसिमको प्रभावकारी छाप छोडनु हामी सबै नेपाली र मुलुकको लागि पनि गर्विको बिषय हो । चार दिन सम्म चलेको फोरममा विभिन्न समुदाय र मुलुकका प्रतिनिधी तथा सयौ अस्ट्रेलियन युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिभिन्न राजनितीक दलका नेता तथा सांसदहरुले अनुभव र अनुभुतीका साथै राजनितीक मुल्य र मान्यताका बिषयमा प्रवचन दिएका थिए । सो फोरमा नेपाली युवा अभियन्ताहरु करुना रावत र सुरज भट्टको पनि उपस्थीती रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्