नेभिगेशन
अन्य

अस्ट्रेलियामा नबिन र सुगमको सांगितीक यात्रा

अस्ट्रेलियामा नेपाली कलाकारको भिडभाड चलिरहेको बेला केहि अलग र फरक प्रस्तुती लिएर नेपाली चर्चित गायक नविन भट्टराइ र सुगम पोखरेल युवा गायक आदेश पौडेलसहित अस्ट्रेलिया भ्रमणमा आइपुगेका छन । असल्यान्ड र नेपसीडनी राइडर्सको आयोजनामा यी कलाकारहरु दशै धमाकाका लागि अस्ट्रेलिया भ्रमणमा आइपुगेका हुन । सीडनी आइपुगेका कलाकारहरुलाई बिहिबार एक्स्ट्राटेक कलेजले एक समारोह बिच नेपाली गित संगितमा बिशेष पहिचान बोकेका गायकद्धय नबिन भट्टराइ र सुगम पोखरेल तथा युवा गायक आदेश पाडेललाई स्वागत गरेको छ । कार्यक्रममा गैर आवासिय नेपाली संघका ओसेनिया संयोजक दिनेशराज जोशी, एक्स्ट्राटेकका कार्यकारी बिनोद कुवर ,निर्देशकहरु सन्तोष श्रेष्ठ,सुनिल सिग्देल र सुदीच्छा गौतम लगायतले फुलमाला र खादाले कलाकारहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै एनआरएन ओसनिया संयोजक दिनेशराज जोशीले कलाकार राष्ट्रका गहना मात्र नभइ देशका मानार्थ राजदुत पनि भएको जिकिर गरे । स्वागत कार्यक्रममा बोल्दै एक्स्ट्राटेकका बिनोद कुवरले कला साहित्य र भाषा प्रवासी नेपालीलाई मुलुकसँंग जोडने महत्वपुर्ण माध्यम भएकोले उनिहरुको सम्मानका असली हकदार भएको बताए । कुवरले भने, बिदेशमा छरिएर रहेका नेपालीलाई गित संगितको माध्यमवाट मनोरन्जन दिने मात्र होइन मातृभुमीको झझल्को मेटने काम पनि कलाकारले गरेका छन, जुन महत्वपुर्ण हो । स्वागत कार्यक्रममा बोल्दै गायक नबिन भट्टराइले आफुहरु देश बिदेश गइरहँंदा बिदेशमा बस्ने नेपालीहरुवाट पाउने न्यानो आतिथ्य र माया सधै संझनायोग्य हुने बताए । अर्का गायक सुगम पोखरेलले मुलुकको पहिचानको महत्वपुर्ण माध्यम गित संगितपनि भएकोले यसको बिकास र बिस्तारमा प्रवासी नेपालीहरुको भुमिका महत्वपुर्ण रहदै आएको चर्चा गरे । कार्यक्रममा आयोजककोतर्फवाट बिक्रम दाहालले प्रायोजक एक्स्ट्राटेकलाई धन्यबाद ज्ञापन गरे । अस्ट्रेलिया यात्राको दौरान नबिन र सुगम अनि आदेशको बिशेष प्रस्तुती आगामी चार अक्टोबरमा सीडनीको शार्क होटलमा हुने कार्यक्रम रहेको छ । यसै गरी उनिहरुले राजधानी क्यानबेरा , पर्थ , ब्रिजबेन लगायतका शहरहरुमा पनि आफ्नो प्रस्तुती दिनेछन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्