नेभिगेशन
अन्य

ब्रिज दी ग्यापको दशै साँझ सेप्टेम्बर २४ मा

सामाजिक क्षेत्रमा बिगत दस बर्षदेखि लागिपरेको ब्रिज द ग्यापले यस पटक पनि आफ्नो सहयोगी भावनालाई अगाडि बढाउदै दशै साझ कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेपाल र अस्ट्रेलियामा रहेका नेपाली समाज बिचको दुरीलाई कम गर्ने माध्यमको रुपमा उदाएको ब्रिज द ग्यापले आउदो २४ सेप्टेम्बरका दिन दशै साझ नामक सांस्कृतीक कार्यक्रमको आयोजना गर्ने भएको हो । यस कार्यक्रमवाट उठेको सम्पुर्ण रकम बिश्वास कार्यक्रम र बालबालीकाको सहयोगको लागि खर्चने संस्थाकी अध्यक्ष सुजिता डंगोल प्रधानले बताइन ।
लम्जुङको श्री सारदा माध्यामिक बिद्यालय निमार्णमा सहयोग,पाल्पामा स्वास्थ सहयोग, बालबालिकाको शिक्षामा सहयोग, भुकम्प पीडितलाई राहत, डढेंलो नियन्त्रणमा सहयोग लगायतका विविध बिषयमा आर्थिक सहयोग गर्दै आएको ब्रिज द ग्याप बिशुद्ध नाफा रहित संस्थाको रुपमा परिचित रहेको छ ।
यस पटक दशै साझ नामक सहयोगी कार्यक्रममा नेपालका केहि चर्चित कलाकारको पनि सहभागिता रहने छ । यस संस्थाको बिश्वास कार्यक्रम भने केहि फरक र अलग परिचयमा स्थापीत छ । संस्थाको सल्लाहकार कृष्ण श्रेष्ठले सीडनीमा रहेका नेपाली बिध्यार्थीहरुलाई प्रशिक्षण र सल्लाह दिने उद्देस्यका साथ बिश्वास कार्यक्रमको प्रारम्भ भएको बताए । यसले निकै प्रभावकारी भुमिका निर्वाह गरेको कारण यसरी सहयोगी रकमलाई विध्यार्थीको हितमा खर्चने निर्णय गरेका हौ, सल्लाहकार श्रेष्ठले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्