नेभिगेशन
अन्य

एक्स्ट्राटेक मेलवर्न महोत्सवमा

अध्यन र रोजगारीलाई समायोजन गर्ने उद्देस्यले केहि बर्ष अघि सीडनीवाट सुरु भएको एक्स्ट्राटेकको यात्रा यतिखेर अस्ट्रेलियाका प्रमुख शहरहरुमा पुगिसकेको छ । आइटी अध्यन गरेर पढेको बिषयलाई रोजगारीको माध्यम बनाउन चाहने हजारौ विध्यार्थीलाई अस्ट्रेलियन स्टान्र्डडको दक्षता हासिल गराएर जागिरसँंग जोडिदिने एक्स्ट्राटेकले यस पटक आफ्नो सेवालाई बिस्तार गरेर मेलवर्न पुरयाएको छ । मेलवर्नमा बिषयगत अभ्यासदेखि एजुकेशन तथा माइग्रेसन सेवा समेत अगािड बढाउने उद्देस्यका साथ यस पटक आउदो आइतबार मेलवर्नको कोबर्गमा एक दिने आइटी तथा माइग्रेशन सम्वन्धी एक दिने कार्यशाला गोष्ठीको आयोजना गर्ने भएको छ । त्यती मात्र होइन एक्स्ट्राटेकले यस पटक मेलवर्न महोत्सवमा आफ्नो स्टल समेत राखेर विध्यार्थीलाई सेवा प्रदान गर्ने भएको छ । हामीले सीडनीमा विध्यार्थीको हितलाई ध्यानमा राखेर पढाइलाई जागिरसँंग जोडने काम गरयौ अब मेलवर्नमा पनि त्यसलाई निरन्तरता दिनुका साथै एजुकेशन तथा माइग्रेशनको सेवा समेत बिस्तार गरेका छौ ,एक्स्ट्राटेकका निर्देशक विनोद कुवरले बताए । मेलवन महोत्सवमा सहभागि हुने विध्यार्थीहरुलाई निसुल्क सेवा र सल्लाह दिने लक्ष्यका साथ यस पटक एक्स्ट्राटेक मेलवर्न पुगेको एक्स्ट्राटेक एजुकेशनका कार्यकारी निर्देशक सुनिल सिग्देलले सुनाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्