नेभिगेशन
अन्य

शनिबार मेलवर्नमा नेपाल महोत्सव

नेपाली भाषा, कला, संस्कृती, पर्यटन र नेपालीपनलाई अस्ट्रेलियाका बिभिन्न समुदायवीच प्रर्बद्धन गर्ने उदेश्यले हरेक दुई बर्षमा आयोजा गरिदै आएको नेपाल फेस्टीभल मेलबर्नको मुटुमा रहेको फेडरेसन स्क्वायरमा यही आउदो शनिबार आयोजना हुदैछ ।
अस्ट्रेलिया र नेपालवीचको सांस्कृतिक सम्बन्धलाई जोड्ने र पर्यटन प्रवर्धन गर्न एनआरएन अस्ट्रेलियाको भिक्टोरिया राज्य समितीद्धारा आयोजना गरिदै आएको यस महोत्सवलाई नेपाल चिनाउने प्रतिबिम्बको रुपमा समेत हेरिने गरिन्छ । सेप्टेम्बर १० तारिखमा फेडरेशन स्क्वायरमा हुने नेपाल फेस्टीभलको तयारी पुरा भएको एनआरएनए भिक्टोरियाका संयोजक हरि खड्काले बताए । महोत्सवलाई सफल बनाउन समुदाएका सबै सँघ र संस्थाबाट प्रशंसनीय सहयोग मिलेको बताउदै खड्काले भने महोत्सवलाई भव्य र सभ्य बनाउन सबैलाई एक जुट भएर लागि पुर्न भएको छ । नेपाली पहिचानलाई विश्वमाझ पुर्याउनु, नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग गर्नु, नेपाली एकता तथा सद्भावको संदेशलाई विश्वमाझ पुर्याउनु, नेपाली भाषा, कला, संस्कृति, परम्परा, खाना लगायत नेपाली मौलिकताको प्रवर्धन गर्नु र नयाँ पुस्तालाई नेपालको माटोसंग जोड्ने यस महोत्सवको मुख्य उद्देस्य रहेको संयोजक खड्काले बताए ।
मेल्बर्नको मुटुका रुपमा चिनिने फेडरेसन स्कायरमा नेपाल फेस्टीवल आयोजना हुँदै आएको छ । नेपाल फेस्टिवल सम्पन्न गर्न नेपाली अवैतनिक महावाणिज्य दुतका कार्यालय, क्यानबेरा स्थित नेपाली राजदूतावास, बहुसांस्कृतिक समुदाय तथा बहुसास्कृतिक विभाग लगाएत नेपाली संघसंस्थाहरुले सहकार्य गरेको कुरा खड्काले बताए । महोत्सव र मेला आफैमा मुलुक चिनाउने माध्यम भएपनि नेपाल फेस्टीवल भने बिशेषगरी एनआरएनको सिग्नेचर कार्यक्रमका रुपमा रहदै आएको छ । महोत्सवलाई ब्लुबेरी रियल स्टेटले मुख्य प्रायोजन गरेको छ भने अन्य प्रायोजकहरुमा एक्सपर्ट एजुकेशन,कडेंल कन्सलटेन्सी तास कलेज, आरजीआइटी,ग्रेस इन्टरनेशनल र अस्ट्रेलियन एन्सिच्युट अफ आइएर एजुकेशन रहेका छन । कोरोनाको प्रभावपछि एकताको शन्देश र आपसी भाइचारा साटने थलोको रुपमा समेत यस पटकको मेलवर्न महोत्सवलाई लिइएको जनसम्पर्कका नेता देबेन्द्र बस्नेतले सुनाए । लामो समयपछि नेपाली समाज एकै ठाउँमा रमाउन र मुलुकको पहिचान बढाउन लागि परेको छ यो सुखद शन्देश हो , बस्नेतले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्