नेभिगेशन
अन्य

जनसम्पर्क समिती अस्ट्रेलियाद्धारा प्रदीप गिरीको संझना

नेपाली कांग्रेशको भातृ संगठन जनसम्पर्क समिती अस्ट्रेलियाले सीडनीमा नेपाली काग्रेसका समाजवादी नेता प्रदीप गिरीको निधन भएको १३ औ पुन्य तिथीमा श्रद्धान्जलीसभाको आयोजना गर्दै लोकतान्त्रीक समाजवादको सच्चा नेताका रुपमा गीरीलाई सधै संझना गर्नुपर्ने जनाएको छ ।
सीडनीको ग्रानभिलस्थीत पलेभर अफ नेपालमा आयोजिक कार्यक्रममा स्वर्गिय नेता गीरीको तस्बीरमा माल्यापर्ण गर्दै सहभागिहरुले बिपीको सच्चा अनुयायीका रुपमा रहेका प्रदीप गीरी नेपाली काग्रेशको सच्चा सीपाहीका रुपमा रहेको चित्रण गरेका थिए ।
कार्यक्रममा बोल्दै नेप्लीज अस्ट्रेलियन डेमाक्र्याटिक फोरमका पुर्व अध्यक्ष डील्ली ढकालले प्रतिनिधिसभा सदस्य, नेता तथा स्वावलम्बन अभियन्ता प्रदीप गिरि भौतिकरुपमा हामीसँग नभएपनि समाज उन्नत बनाउने उहाँको समाजवादी चिन्तन र दृढ अठोटले हामी सबैलाइ सधै घच्घच्याइरहने बताए । श्रद्धान्जली कार्यक्रममा बोल्दै चितवन समाज अस्ट्रेलियाका अध्यक्ष पुर्णनाथ घिमिरेले बीपी कोइरालाले सच्चा अनुयायीका रुपमा चिनिने गिरी विकासको आफ्नै मोडल चाहिन्छ भन्ने दुरगामी नेता रहेको बताए । घिमिरेले कांग्रेस सत्तामा आएरपनि बीपीको बिचारलाई अगाडि बढाउन नसकेको बताउने गीरी नेपालमा परम्परागत समाजवाद होइन मानवतावादी समाजवाद ल्याउनुपर्ने बिचारका पथ प्रर्दशक समेत रहेको सुनाए । कार्यक्रममा बोल्दै एकाका पुर्व अध्यक्ष निरज श्रेष्ठले कांग्रेशले मात्र नभइ दक्षिण एशियाकै लोकप्रीय नेताका रुपमा चिनिएका प्रदीप गिरीलाई जति संझिएपनि नपुग्ने बिचार ब्यक्त गरे ।
कार्यक्रममा जनसम्पर्क समिती अस्ट्रेलियाका पुर्व अध्यक्ष कृष्ण गिरीले प्रदिप गिरी नेपाली कांग्रेशका एक्लो बृहस्पती भएको बताए ।
जिउँदोमा जसका कोही थिएनन्, मरेपछि थाहा भयो, प्रदीप गिरिका सबै रहेछन् । उनका अनुयायी मात्र नभएका रहेछन्,वाहवाही गर्नेको कुनै कमी रहेनछ , गिरीले भने ।
श्रद्धान्जलीसभामा बोल्दै क्यानबेरावाट सहभागि जनसम्पर्कका युवा नेता ललित मल्लले प्रदीप गिरी नेपाली कांग्रेशका एक्लो बृहस्पतिका रुपमा सधै सत्य र तथ्य बोल्ने नेताका रुपमा आफुले संझीने बताए । जनसम्पर्कका अध्यक्ष सुरेस गुरुङले बिदेशमा बस्ने हरेक प्रजातन्त्रप्रेमी नेपालीका लागि प्रदीप गिरी रोल मोडलका रुपमा रहेको र उनको निधनले नेपाली कांग्रेश पार्टीलाई ठुलो क्षती पुगेको बताए । कार्यक्रममा नवाजका अध्यक्ष चिरन तिवारी, क्यानबेराका युवा अभियन्ता कर्मा लामा, जनसम्पर्कका महामन्त्री रोहीत खड्का ,उपाध्यक्ष राजेश केसी लगायतले स्वर्गिय प्रदीप गिरी प्रती श्रद्धान्जली ब्यक्त गर्दै उनको समाजवादी चिन्तनको खुलेर प्रशंसा गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्