नेभिगेशन
सम्पादकीय

स्याबास नेपाली हिन्दु समाज अस्ट्रेलिया

नेपाली नारी हरुको महान पर्व हरितालिका तीजको अवसरमा अस्ट्रेलियाका प्राय सबै राज्य र शहरहरुमा तीजको रौनकले छपक्कै ढाक्यो । नेपाली समाज संग आबद्ध विभिन्न सामाजिक संघ सस्था एबं समुदायहरुको पहलमा तीजको बेला चेलीलाई माइतिको तिर्सना मेटाउन गरेको प्रयास लाई प्रसंसनिय कार्यको रुपमा लिन सकिन्छ । सात समुन्द्र पारि आएपनि हामीले हाम्रो सस्कृती रीति र रिवाज एबं धार्मिक परम्परा र हाम्रो चाड पर्वको मौलिकता सदैब जिवन्त रहिरहोस भन्ने पबित्र उद्देस्य राखेर नेपाली हिन्दु समाज अस्ट्रेलियाले नेपाली हरुको बाक्लो बस्ती रहेको ग्रयानभिलमा गरेको तीज कार्यक्रम यस बर्ष बिशेस रहेको छ । नेपालका प्रख्यात बाचन शिरोमणि पं दिनबन्धु पोखेरलको प्रमुख आतिथ्यता सम्पन्न सो तीज कार्यक्रममा नेपाली महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा तीजको सास्कृतिक एबं धार्मिक महत्वका बारेमा प्रवचन समेत दिइएको थियो । आध्यात्मिक रूपमापनि तीजको निकै ठूलो महिमा छ । श्रद्धापूर्बक श्रद्धालुहरू ब्रत बस्ने,शिवपार्वतीको आरधना एवं पूजा गर्ने,शिव पार्वतीका मठमन्दिरहरूमा दर्शन पूजा तथा नाचगान गर्ने गरिन्छ । पञ्चमीका दिन ब्रतबस्ने,सप्तऋषिका पूजा गर्ने गरिन्छ । यसै प्रकार तीजको तात्विक महत्वपनि त्यतिकै छ । हाम्रो वैदिक षड-दर्शनले स्त्रीलाई प्रकृती मानेको छ । यसर्थ तीज पर्वको सम्बन्ध प्रकृतीतत्व(जड तत्व)संग छ । तिज पर्व नेपालमा मात्र नभएर भारतका बिभिन्न स्थानहरूमा मनाईन्छ । अहिले आएर संसारका बिभिन्न देशमा नेपाली समूदायले तीज पर्व मनाएको पाईन्छ । यो पर्व नेपालीहरूको साँस्कृतिक पहिचानको रूपमा बिदेशमा परिचित भई राखेको छ । सामाजिक सद्भाव,मेल मिलाप एवं समाजका विवीध बिसंगति र सामाजिक अधिकार लाई उजागर गर्ने पर्बको रूपमा परापुर्व कालदेखि यो चाड मनाईदै आएको छ । हिजो माईती घर,ब्रत,पूजा,पंधेरो,चौंतारो अनि मन्दिर हरूमा सिमीत हुनेपर्व आज शहर,बजार,बस्ती,ब्यवसाय,बिद्युतीय सञ्चार,माध्यम हरू,सामाजिक सञ्जालहरू लगायत हुंदै ब्यापकता लिएको छ । हिजो डम्फू,मादल,थपडी र मुर्चुङ्गामा गाईने तीजका भाकाहरू आज सुब्यबस्थित तवरले आधुनिक बाजागाजामा लयबद्ध भएका छन् । तर बिगत केही वर्षहरू देखि आधुनिकताको नाममा परिबर्तन को बाहानामा अनि सस्तो लोकप्रीयता,सजिलो आय आर्जनको लोभमा,तीज जस्तो पबित्र चाडलाई बिकृति,बिसंगति र यौन स्वच्छन्दताको शिकार बनाईदै छ । बिच्च-बिच्चमा,पोईल जान पाम,काला चस्मा,डिस्कोमा तीज,छोटो लुगा आदि आदि हुदै अगाडी बढेको तीज गीतको आधुनिक यात्राले तीजमा दरको साटो रक्सी र वाइन खाँइरहेको देखियो जामा फाटेरसम्मको उचाई छुई राखेको छ । थाहा छैन यो आधुनिकताको स्वच्छन्द गतीले कुन उचाई छुने हो ? यस्ता उच्छृंखल र छाडा गीत,संगीत र अभिनयले तत्काल कोही कसैलाई सस्तो लोकप्रीयता र सहज आर्जन गराए पनि हाम्रो वैभवशाली संस्कार,संस्कृति एवं परम्परालाई पटक्कै फाईदा पुग्ने छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय