नेभिगेशन
अन्य

प्रवासी नेपाली मन्च अस्ट्रेलियामा सर्बसम्मत नेतृत्व चयन

प्रवासी नेपाली मंच अस्ट्रेलियाको ५ औं राष्ट्रिय अधिवेशनबाट सर्वसम्मत रुपमा केशव जोशीको अध्यक्षतामा नया कार्यसमीती चयन गरिएको छ । नेकपा एमालेको प्रवासी संगठनका रुपमा रहेको प्रवासी नेपाली मन्चको पाँचौ अधिवेशनले राम घिमिरे,चिन नेपाली, बालगोपाल उपाध्यायलाई उपाध्यक्षमा चयन गरेको छ । यस्तै मन्चको सचिबमा प्रकाश पन्थी निर्विरोध चयन भएका छन भने उपसचिबहरुमा हेमराज खनाल,होमनाथ निरौला र असिम कोइराला सर्वसम्मत भएका छन । समितीको आर्थिक विभाग प्रमुखमा दिपक पहारीलाई मनोनयन गरेको छ ।
यस्तै कार्यसमितिका सदस्यहरुमा अष्ट्रेलियाको आठै राज्यका अध्यक्षहरु पदेन सदस्य रहने छन भने अधिवेशनले नरवीर नेम्वांग, उत्तम अधिकारी, सुजन लामिछाने, विएन मण्डल, दिनेश पाण्डे, किशोर भन्डारी, नारायण बस्नेत, विशाल रानामगर, पर्वत मगर, प्रकाश पौडेल, प्रेमप्रकाश शाही, भवानी पौडेल, कृष्ण गैरे, सूर्यमोहन शर्मा, विजय फुँयाल, भुवन पाण्डेलाई निर्वाचित गरेको छ ।
बन्द सत्रले गएको कार्यकालमा गरिएका गतिविधि, आर्थिक विवरण लगायतको प्रतिवेदन पारित गरेको छ भने पहिलो बैठकबाट नै आफ्ना सदस्यहरुलाई नेतृत्व विकास र सामाजिक दायित्वका विषयमा तालिम प्रदान गर्ने पनि निर्णय गरेको छ ।
आईतबार समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका प्रवास विभाग ईन्चार्ज राजन भट्टराईले अबको निर्वाचनमा नेपाली राजनीतिका खराब प्रवृत्तिहरुलाई हराउनतर्फ लाग्नुपर्ने धारणा राखेका थिए । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओली नेतृत्वमा आगामी सरकार निर्माण गर्नका लागि प्रधानमन्त्रीका रुपमा अघि सारिसकेको अवस्थामा अब जनताले आगामी प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा कि केपी शर्मा ओली दुईबीचमा छान्नुपर्ने अवस्था आएको धारणा राखेका थिए ।
नवनिर्वाचित अध्यक्ष केशव जोशीले कमिटीमा आइसकेपछि लिएको जिम्मेवारी ईमान्दारीपूर्वक पूरा गर्न सबै निर्वाचित साथीहरुलाई आग्रह गरे ।
उक्त अवसरमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डे, सल््लाहकार परिषद् प्रमुख सन्जय थापा, प्रवासी नेपाली मञ्च ओसेनियाका संयोजक राजु उपाध्याय, ईन्चार्ज विनोद श्रेष्ठ, एनआरएन आईसीसीका सचिव होम पाण्डे लगायतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्