नेभिगेशन
अन्य

सेप्टेम्बरको पहिलो साता ब्रिजबेनमा १९७४ एडी


सी इभेन्ट्सको आयोजना यही आउदो सेप्टेम्बर छ तारिखका दिन अस्ट्रेलियाको ब्रिजबेन शहरमा म्युजिक मेला पाँंच आयोजना हुने भएको छ ।
मेलामा नेपालका चर्चित ब्यान्ड १९७४ एडी, युवा गायक बिक्रम बराल लगायतका चर्चित कलाकारहरुको प्रस्तुती रहने आयोजक सी इभेन्ट्सका सन्तोष कुवरले बताए ।
अस्ट्रेलिया भ्रमणमा रहेको चर्चित नेपाली ब्यान्ड १९७४ एडीका सदाबाहर गितहरु परेलीमा लुकाइ राख न, यो मन त मेरो नेपाली हो , चौबन्दी चोलीजस्ता बोलका गितहरुले ब्रिसबेनका नेपाली दर्शकहरुको मन जित्ने कुरामा कुनै दुइमत नरहेको आयोजक सी इभेन्ट्सका अच्युत अधिकारी बताउछन । यस बाहेक युवा गायक बिक्रम बराल र चर्चित डिजेहरुले यस पटक क्वीन्सल्यान्ड तताउने पक्का छ । इशान एजुकेशन र क्वीन्सफोर्ड कलेजको प्रस्तुतीको रुपमा रहेको यो म्युजिक मेला ब्रिजबेनको टिभोलीमा आयोजना हुने भएको छ । गित संगितको माध्यमवाट मुलुकसँंग् जोडने प्रयास स्वरुप क्वीन्सल्यान्डमा यस्ता सांगितिक कार्यक्रमहरु आयोजना गर्दै आएको आयोजक सी इभेन्ट्सका निर्देशक सन्तोष कुवर बताउछन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्