नेभिगेशन
LEADING_MAIN

प्रबासी नेपाली मंच अस्ट्रेलियाको पाचौ रास्ट्रिय अधिबेसन सिड्नीमा हुने


सिड्नी । नेपाल कम्यिनिस्ट पार्टी एमाले निकट सस्था प्रबासी नेपाली मंच अस्ट्रेलियाको पाचौ रास्ट्रिय अधिबेसन यहि अगस्ट २७ र २८ तारिख सिड्नीमा हुने भएको छ । सिड्नीको अबर्न स्थित सफायर फंसन सेन्टरमा हुने सो रास्ट्रिय अधिबेसन नेकपा एमालेका स्थायी समिति सदस्य एबं विदेश बिभाग प्रमुख डा राजन भट्टराईले उद्घाटन गर्ने सस्थाका प्रबक्ता सन्तोस दाहालद्वारा जारी प्रेस बिज्ञप्तीमा जनाईएको छ । अगस्ट २७ तारिख बिहान १० बजे देखि अपरान्ह ३ बजे सम्म उद्घाटन सत्र र बेलुकी ६ बजेदेखि बन्द सत्र संचालन हुने र भोलिपल्ट बिहान ११ बजे नया कार्यसमितिको घोषणा सभा र पत्रकार सम्मेलन गरि अधिबेसनको समापन गरिने सो बिज्ञप्तीमा जनाईएको छ ।
सो रास्ट्रिय अधिबेसनमा अस्ट्रेलिया भरिबाट करिब ३ सय प्रतिनिधि र एक सय पर्यबेक्षक हरुको सहभागिता रहने छ । त्यसैगरि अधिबेशनमा न्यु साउथ वेल्स राज्य सरकारका बिपक्षी दलका नेता क्रिस मिन ले बिशेष अतिथि को रुपमा सम्बोधन गर्ने छन् । अधिबेसनमा अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेल, प्रबासी नेपाली मंच अन्तरास्ट्रिय कमिटिका अध्यक्ष भक्त गुरुङ ,मंचका अन्तरास्ट्रिय कमिटिका अध्यक्ष संजय थापा ,एन एस डब्लु , भिक्टोरिया ,साउथ अस्ट्रेलियाका नेपाली बाणिज्यदुतहरु ,न्युजिल्याण्डका बाणिज्यदुतहरुले समेत अधिबेसनमा सहाभागिता जनाउने छन् । अधिबेशनमा एनआरएनए अस्ट्रेलिया लगायतका विभिन्न सामाजिक सस्थाका प्रतिनिधि एबं सस्थाका शुभेच्छुकहरुको सहभागिता रहने बिज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्