नेभिगेशन
अन्य

सीडनीको "सीटी टु सर्फ"मा नेपाल भ्रमणको निम्तो

अस्ट्रेलियाको सीडनीमा दशौ हजारको सहभागिता रहने च्यारीटी दौड प्रतियोगिता सीटी टु सर्फमा यस पटक एनआरएन एनएसडब्लुले नेपाल भ्रमणको निम्तो दिदै आफ्नो सहभागिता जनाएको छ ।
सीटीदेखि सीड्नीको चिरपरिचित बोन्डाई समुन्द्री किनारासम्मको १४ किलोमिटरको यो दौड सहयोगी कार्यक्रम बोकेर सन २००८देखि प्रारम्भ भएको हो । यसमा अस्ट्रेलियाका दशौ हजार शौखिन धावकहरुले सहभागिता जनाउने गर्छन । यस पटक एनआरएन अस्ट्रेलिया एनएसडब्लु राज्य समितीको पहलमा नेपालको पर्यटन प्रर्वधनको लागि सहभागिता जनाइएको थियो । जसमा सयौ नेपालीहरुले लेट्स गो नेपाल अंकित भेष्ट लगाएर यो दौडमा सामेल भएका थिए । यस पटक हामीले नितान्त नेपालको पर्यटन प्रर्वधनको उद्देस्य बोकेर यो दौडको कुम्भ मेलामा सहभागिता जनाएका हौ र यसले सार्थकता पनि पाएको हामीले महशुस गरेका छौ, एनआरएन एनएसडब्लुका सचिब बिनोद कुवरले बताए ।
दौडमा एनएसडब्लु राज्यका महाबाणिज्यदुत दिपक खड्का , एनआरएन एनएसडब्लुका संयोजक देब गुरुङ, एनआरएनका पुर्व उपाध्यक्ष स्वतन्त्र प्रताप शाह , समुदायका अगुवाहरु निरज श्रेष्ठ,शुवांस शाह, नेपाली राजदुतावासका प्रतिनिधी र एनआरएनका पदाधिकारी लगायत नेपाली संघ संस्थाका पदाधिकारीको सहभागिता रहेको थियो । हजारौको संख्यामा सहभागिता रहने यस्ता समाजिक प्रतियोगिताहरुमा नेपाल जाउँं भन्ने शन्देशका साथ गरिएको सहभागिताले मुलुकको पहिचान बढाउने काम गर्ने महाबाणिज्यदुत दिपक खड्काले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्