नेभिगेशन
अन्य

गुणस्तरिय शिक्षा "च्वाइस एकेडमी"को पहिलो प्राथमिकता

उच्चस्तरीय शिक्षाका लागी दिनानुदिन नेपाली विध्यार्थीहरु अस्ट्रेलिया आउनेक्रम बढदैगर्दा गुणस्तरिय शिक्षाको उद्देस्य बोकेर सीडनीको पारामाटामा च्वाइस एकेडेमी कलेज अगाडि आएको छ । गुणस्तरिय शिक्षा आजको आवश्यकता भन्ने नाराका साथ अस्ट्रेलियाको शैक्षिक बजारमा प्रतिस्पर्धा गर्न उत्रिएको च्वाइस एकेडेमी सीडनीको पारामाटामा यूनिर्भसिटी अफ वेष्टर्न सिड्नी संगै रहेको छ जुन यातायात र पुहँंचको हिसाबले पनि सहज मानिन्छ ।
अष्ट्रेलिया शिक्षा, रोजगारीको अवसर र जन जीवनका हिसाबले पनि नेपालीहरुको पहिलो रोजाइको मुलुक बनिरहेको अवस्थामा नेपाली मुलका स्थापीत व्यबशायीहरुको लगानीमा च्वाइस एकेडेमी स्थापीत भएको हो ।
च्वाइस अर्थात रोजाइ भएकाले पनि हामीले यसलाई नेपाली विध्यार्थीहरुको लागि पहिलो रोजाइ बन्न सकोस भन्ने हाम्रो लक्ष्य हो , सीडनीका कानुनबिद तथा सन्चालक समुहका सदस्य शम्सेरसिंह थापाले बताए । एक हजार विध्यार्थी क्षमता भएको यो कलेज नामले मात्र होइन कामले पनि सबैको च्वाइसमा पर्नु पर्दछ भन्ने हाम्रो मान्यता हो , थापाले कलेजद्धारा आयोजित भेटघाट कार्यक्रममा बताए । हामीले पैसा कमाउनैका लागि मात्र होइन, अस्ट्रेलियाको शैक्षिक बजारमा केहि फरक अनि अलग पहिचानका साथ स्तरिय शिक्षाको उदाहरण बन्ने लक्ष्य बोकेर आएका हौ ,थापाले सुनाए ।
च्वाइस कलेजमा एडभान्स डिप्लोमा अफ बिजनेस, डिप्लोमा अफ लिडरसिप एण्ड म्यानेजमेन्ट, डिप्लोमा अफ बिजनेस, डिप्लोमा अफ इन्फरमेसन टेक्नोलोजी, एडभान्स डिप्लोमा अफ इन्फरमेसन टेक्नोलोजी, ग्राजुएट डिप्लोमा अफ म्यानेजमेन्ट बिषय रहेका छन् र अन्य कोर्सहरु पनि थप्दै जाने योजना बनाएको छ । कलेज दर्ता अवको ७ बर्ष सम्मको लागी नविकरण भएको छ ।

कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपेन्द्र शर्मा पौडेलले यो बेला बिविध कारणहरुले समय अनुकुल नरहेको तर सबैको सहयोग रहेमा अवस्य पनि कलेज सोचेजस्तो र रोजे जस्तो बनाउन बताए । सन् २०१५ मा अष्ट्रेलियामा छ लाख अन्तराष्ट्रिय बिध्यार्थी अध्ययनरत रहेकोमा सरकारले एआइ २०२५ भीजन अन्तर्गत बिध्यार्थी संख्या बार्षिक रुपमा बनाउदै लगेर सन् २०२५ सम्ममा १० लाख भित्राउने लक्ष लिएको शर्माले बताए । २०२२ को मे महिनासम्मको तथ्यांक अनुसार हाल ५ लाख भन्दा कम अन्तराष्ट्रिय बिध्यार्थी अध्ययनरत रहेका छन । आगामी दिनमा बिध्यार्थीहरुको भीजा सहजीकरणमा सुधार आउने र शैक्षिक प्रतिष्ठानहरु सहज बन्ने पौडेलको कथन थियो । कलेज संचालक तथा ब्यवस्थापन टिम शिक्षा क्षेत्रमा लामो समय अनुभव हासिल गरेका समूह जोडिएको हुनाले पनि संस्थाले बिध्यार्थीहरुको हितमा काम गर्न सक्ने माइग्रेशन एजेन्ट निरज श्रेष्ठले बताए । कलेजको भेटघाट कार्यक्रममा कोमल खतिवडा तथा सुमन गौतमले पनि सहभागिहरुलाई शुभेच्छुककोतर्फवाट धन्यवाद ज्ञापन गरेका थिए ।
कलेजको भेटघाट कार्यक्रममा एनआरएन आइसीसी सदस्य परशुराम अधिकारी, संजिव पाण्डे, विवेक थापा, योगेन्द्र पौडेल, हिरा कडेंल, शरद भुषाल, सूर्य खनाल, दिपक केसी, शिव चौलागाई ,ध्रुव दाहाल, प्रकाश पन्थी, अशोक ओली, यूवी शर्मा, सन्दिप खनाल, राजु शाक्य, विल्सन शर्मा, महेश सिंह, बिष्णु अर्याल, निरज श्रेष्ठ, नवराज न्यौपाने, सबिर इकवाल, लगाएत थुप्रै शैक्षिक परामर्शदाताहरुको उपस्थीती रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्