नेभिगेशन
LEADING_MAIN

एनआरएनए प्रतिनिधि र राजदुतबीच छलफल

। सिड्नी । गैर आवासिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय समितिमा अस्ट्रेलियाबाट नेतृत्व गरेका र एनआरएनए अस्ट्रेलियाका पधाधिकारीहरु र अस्ट्रेलियाका लागि नेपालका राजदुत कैलाशराज पोखरेलबिच हिजो मंगलबार अगस्ट ९ तारिख क्यानबेरामा एक छलफल एबम भेटघाट कार्यक्रम सम्पन्न भएको छ । छलफलका बारेमा नेपाल न्युज अस्ट्रेलियासंग कुरा गर्दै एनआरएनए आइसिसि सदस्य पी आर अधिकारीले नवनियुक्त राजदूतमा केहि गरौ भन्ने योजना र कार्यक्रम रहेको आफुहरुले पाएको बताए । भेटघाटमा अस्ट्रेलिया देखि नेपाल सम्म सिधा हवाई उडान कसरि र कुन रुट बाट गर्न सकिन्छ ? विद्यार्थीका समस्या लाई सहज रुपमा कसरि समाधान गर्न सकिन्छ भन्ने बारेमा मिहिन रुपले छलफल भएको अधिकारीले जानकारी दिए । सो अवसरमा राजदुत पोखरेलले अस्ट्रेलियाबाट दुताबासले प्रदान गर्दै आएको सेवालाई अझ प्रभावकारी र बिस्तार गर्न एनआरएनए अस्ट्रेलिया लगायत सामाजिक सस्थाहरुसंग सो अवसरमा चोर बाटोबाट नेपाल पैसा पठाउने कार्यलाई कसरि निरुत्साहित गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल भएको थियो

। एनआरएनए भेटघाटमा आईसीसीबाट सह-महासचिव गणेश केसी, सचिव अभिमन्यु बस्नेत, आईसीसी सदस्यहरु बुद्धि दल्लाकोटी,प्रिया अधिकारी,प्रज्ववल भट्टराई,ओसेनिया क्षेत्रिय संयोजक दिनेशराज जोशी , एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, उपाध्यक्ष देव गुरुङ, ताज्मानिया सयोंजक राकेश शाक्य,एसीटी सयोंजक अशोक बस्नेत, महासचिव राजु अधिकारी, ,र दुताबासका उपनियोग प्रमुख कुलबहादुर थापा ,प्रथम सचिब निर्मल भट्टराई ,तृतीय सचिब यादब कोइरालाको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्