नेभिगेशन
कला/शैली

सिड्नी र क्यानबेरामा गायक प्रकाश रेग्मीको एकल सांगेतिक साँझ हुदै

सिड्नी। डेढ दशक देखि संगीत क्षेत्रमा क्रियासिल लोकप्रिय गायक प्रकास रेग्मी ले सिड्नी र क्यानबेरामा एकल सांगेतिक साझ प्रस्तुत गर्ने भएका छन् । आयोजक सस्था एन आर क्रियसन का अनुसार आउदो सेप्टेम्बर ९. तारिख शुक्रबार सिड्नी को रक्डेल स्थित इन्द्रेणी फंसन सेन्टरमा र स्र्प्तेम्बर १० तारिख शनिबार क्यानाबेरको २५/६३ ओलोङ्घन स्ट्रिट स्थित गोल्डेन स्पोनक्याफेमा कार्यक्रम हुने छ । ती एकल सांगेतिक साँझमा गायक रेग्मीले बिगतमा गाएका गीत हरुलाई प्रस्तुत गर्ने छन् । हाल सम्म दर्जनौ आधुनिक गीतमा सांगेतिक प्रस्तुति दिई सकेका प्रकाश रेग्मीको हालै बजारमा आएको "शिरको फुल शिरैमा " बोलको गीत दर्शकले असाध्यै मन पराएका छन् । रेग्मीले गाएको यो म्युजिक भिडियोमा तनुजा ओली र आकाश श्रेष्ठले दमदार अभिनय गरेका छन् भने गायिका रेश्मा पुनले उनलाई गाउनमा साथ् दिएकि छिन् । अस्ट्रेलियाको अलावा युरोपका विभिन्न देशमा आफ्नो गीत संगीत प्रस्तुत गरि सकेका रेग्मी आधुनिक गीतको गहिराईमा पुगेर गाउन मन पराउछन

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्