नेभिगेशन
LEADING_MAIN

जनसम्पर्क समिति अस्ट्रेलियाद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना

सिड्नी । नेपाली कांग्रेसका विभिन्न तहका नेताहरुले मङ्सिर ४ गते हुने संघिय र प्रदेसको निर्बाचनमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन प्रबासमा रहेका कांग्रेसीहरुको भूमिकाले महत्व राखने बताएका छन् । जनसम्पर्क समिति अस्ट्रेलियाद्वारा यहि अगस्ट ७ तारिख आइतबार सिड्नीमा आयोजित "बर्तमान नेपालको राजनीतिमा नेपाली कांग्रेसको भूमिका "बिषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले देशको राजनीतिलाई सहि मार्गमा अगाडी लैजान पाच दलिय गठबन्धनलाई निरन्तरता दिनुपर्ने कांग्रेसलाई बाध्यता रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङले पार्टीलाई सैधान्तिक र सांगठानिक रुपले जिबन्त राख्न पार्टीका सबै तह र तप्काका नेता र कार्यकर्ताहरुले ईमान्दार प्रयास गर्नु पर्ने कुरामा जोड दिए । उनले पार्टी लाई मणि र मसल को प्रभावबाट टाढा राख्न सकेमा मात्र बीपीले परिकल्पना गर्नुभएको कांग्रेस बन्न सक्ने बताए ।

उपसभापति गुरुङले अस्ट्रेलियाको जनसम्पर्क समितिमा लामो समयदेखि रहदै आएको बिबाद आपसी सम्बादबाट समाधान भएकोमा खुशी व्यक्त गर्दै संगठनमा रहने हरुले संगठनको आदर्श र मूल्य मान्यतालाई कहिल्यै भुल्न नहुने उल्लेख गरे । कांग्रेसका नेता डा चन्द्र भण्डारीले अस्ट्रेलियामा रहेका डेमोक्र्याटिक साथीहरुले आगामी निर्बाचनमा पार्टीलाई बिजयी बनाउन आ आफ्नो तहबाट लाग्नु पर्ने बताए । उनले नेपालमा रहनुभएका तपाईहरुको बा ,आमा ,दाजुभाई र परिवारका अन्य सदस्य हरुलाई सुझबुझपूर्ण रुपले प्रजातान्त्रिक शक्तिको पक्षमा मतदान गर्न प्रेरित गर्न आग्रह गरे । जनसम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष सुरेश गुरुङ को अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेसका सह महामन्त्री बद्री पाण्डे ,केन्द्रिय सदस्य कल्याण गुरुङ ,प्रदेश नम्बर एक का सभापति उद्धब थापा काङ्ग्रेस नेता निर्मल रिजाल ,एनआरएनए आइसिसिका उप महासचिब गणेश के सी ,ओसेनिया संयोजक दिनेशराज जोशी ,अस्ट्रेलिया अध्यक्ष नन्दु गुरुङ ,उपाध्यक्ष देव गुरुङ ,एनएडीएफका पूर्व अध्यक्ष डिल्ली ढकाल ,एककाका पूर्व अध्यक्ष निरज श्रेष्ठ ,कार्यक्रम आयोजक सस्थाका भिक्टोरिया राज्य संयोजक बिनितराज शर्मा ,संरक्षक कृष्ण गिरि ,महामन्त्री रोहित खड्का लगाएतका बक्ताहरुले आ आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधि एबम सुभचिन्तक हरुको बाक्लो सहभागिता रहेको थियो. ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्