नेभिगेशन
अन्य

"दोहोरो नागरिकता आजको आवश्यकता"

गठबन्धन नामक हवाइ जहाज मंसीरसम्म उड्छ : उपसभापती धनराज गुरुङ

आगामी मंसीर चारमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिदै गर्दा टिकट भागबन्डामा रडाको मच्चीएपनि हालको लागि गठबन्धन सरकार भने नटुटने नेपाली कांग्रेशका उपसभापती धनराज गुरुङले बताएका छन । यतिबेला गठबन्धन नामक हवाइ जहाजले टेक अफ गरेर आकाशमा उडान भर्दै छ यसको उचित ल्यान्डीङ मंसीरमा हुने छ त्यसपछि सबैले आफ्नो वाटो रोज्न मार्ग प्रसस्त हुने छ । 

अस्ट्रेलियाको सीडनीमा जनसम्पर्क समितीको कार्यक्रममा बोल्दै उपसभापती गुरुङले भने आकाशमा उडिरहेको प्लेनमा झगडा गर्नु उचित हुदैन, दुर्घटना हुनसक्छ त्यसैले सबैले यो कुरा बुझेका छन र गठवन्धन मंशिरसम्म समझदारीमा अगाडि बढने निश्चत छ । 

नेता गुरुङले यतिबेला मुलुकमा व्यबस्था नभइ जनताको अवस्था परिवर्तन गर्नुपर्ने बेला भएको बताउदै भने लोकतन्त्र र संविधानका लागि लडनुपर्ने समय छैन ।

डेमोक्रयाटिक फोरमको निम्ता मान्न आएका उपसभापती गुरुङले पार्टीभित्रका नेताहरु स्वार्थमा बेरीएका र घेरीएका कारण सोचे अनुरुपको बिकास निमार्णको कार्य अगाडि बढन नसकेको तितो सत्य सुनाए । अस्ट्रेलियाजस्तो बिकसीत देशको पुर्व प्रधानमन्त्री र मन्त्रीहरुलाई सुरक्षाको कुनै मतलब नहुने तर हाम्रा नेताहरुलाई भने राज्यले भत्ता ख्वाएर सुरक्षाकर्मी र सेवा सुविधा उपलब्ध गराउनु पर्ने कस्तो उल्का अचम्म । दिउसो दिउसो राज्यको बिदेशी मुद्रा सन्चिती सकियो, देश टाट पल्टीन लाग्यो भन्दै भट्याउने बेलुका भएपछि बिदेशी रक्सीमा मात्नु पर्ने ,गुरुङले प्रतिप्रश्न गरे । एउटा कार्यक्रममा आउदै गर्दा पार्टीको भातृ निकायमा देखिएको बिवादलाई सल्टाउन आफु तिनदिन देखि लागेको र त्यसमा सफल भएको समेत उनले बताए । म मा कुनै स्वार्थ थिएन, आग्रह गरे , अनुरोध गरे कतिपय बेला निर्देशन पनि । साथीहरुले त्यसलाई बुझीदिनुभयो । सबैभन्दा ठुलो कुरो नेपालमा रहेका नेताहरुले बिदेशमा बस्ने साथीभाइलाई हात समातेर स्वार्थमा बोक्ने परम्पराले यो बिवाद र बिग्रह जन्मेको हो , उनले भने । उपसभापती गुरुङले प्रवासी नेपालीका लागि सामाजिक र आर्थिक अधिकार सहितको दोहोरो नागरिकता संसदवाट अनुमोदन भइ स्वीकृतको लागि राष्ट्रपतीका गएको र त्यो चाडैनै स्वीकृत हुने बताए । 

कार्यक्रममा बोल्दै पार्टीका वरिष्ट नेता चन्द्र भण्डारीले नेपालीहरुको बलियो र बाक्लो उपस्थीती भएको अस्ट्रेलियामा बिचार र सदस्यतालाई छेक्नु र रोक्नु भनेको चन्द्रमालाई हातले छेकेझै हुने बताए । हरेक बर्ष तिसौ हजार नेपाली अस्ट्रेलियामा थपीदै छन,यसलाई उपयोग गरेर हामीले मुलुकसँंगको सम्वन्ध बिस्तारमा बिकासको वाटो खोज्नु पर्दछ । 

जनसम्पर्क समितीद्धारा आयोजित बिचार गोष्ठी कार्यक्रममा बोल्दै सह नेपाली कांग्रेशका सहमहामन्त्री बद्री पाण्डेले पार्टीका प्रवासी संगठनहरुमा सहमती र एकताको बाताबरण बनाएर अगाडी बढ्नु पर्ने आवश्यकता रहेको बताए । पाण्डेले केहि दिनको प्रयासपछि अस्ट्रेलियाका साथीहरु बिचको आपसी सहमती र सहमार्य अरुदेशका लागि पनि उदाहरण बन्ने बताए । सह महामन्त्री पाण्डेले राज्यले बिदेशवाट पैसा पठाउने र स्वदेशवाट पैसा ल्याउने 

बैद्यानिक वाटो नखोलिदीदाँं हुन्डी तथा अन्य माध्यमहरुले यसको गलत फाइदा उठाउदै आएको बताए । 

कार्यक्रममा नेपाली कांग्रेशका केन्द्रिय सदस्य कल्याण गुरुङले मुलुकको अर्थतन्त्र र ब्यापार घाटाको अवस्था हेर्दा हरेक बर्ष ऋणको भारी बोक्न बाध्य भैरहेको अवस्थामा बिदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन र लगानी गर्न आग्रह गर्नुपर्ने बेला आएको बताए । 

कार्यक्रममा प्रदेश नम्बर एकका सभापती उद्धव थापाले दोहोरो नागरिकता विधेयक संसदवाट पारीत भएर राष्ट्रपतीका गएको अवस्थामा यो तुरुन्तै 

स्वीकृत हुने बताए । यो बिदेशमा बस्ने नेपालीलाई मात्र नभइ मुलुकका लागि पनि ठुलो उपलब्धी भएको थापाले सुनाए । जनसम्पर्क समितीका अध्यक्ष सुरेशराज गुरुङको सभापतीत्वमा सम्पन्न कार्यक्रममा कांग्रेशका नेता निर्मल रिजाल ,एनआरएन आइसीसीका उप महासचिब गणेश केसी, आइसीसीका पुर्व उपाध्यक्ष मन केसी, अ‍ोसेनिया क्षेत्रिय संयोजक दिनेश राज जोशी, एनएडीएफका निर्वतमान सभापती डिल्ली ढकाल, जनसम्र्पक समितीका संरक्षक कृष्ण गीरी ,एकाका पुर्व अध्यक्ष निरज श्रेष्ठ,एनएडीएफका अध्यक्ष भिष्म भण्डारी लगायतले जनसम्पर्क समितीको सफलताको शुभकामना प्रदान गरेका थिए । एनएसडब्लु राज्य संयोजक सीतल खाड गीरीले स्वागत गर्दै सुरु भएको कार्यक्रममा जनसम्पर्ककका भिक्टोरिया राज्य संयोजक बिनित राज शर्मा ,महामन्त्री रोहित खडकाले कार्यक्रमबारे प्रकाश पारेका थिए।  जनसम्पर्कका महामन्त्री समित केसीले सन्चालन गरेको कार्यक्रम उपाध्यक्ष राजेश केसीले व्यबस्थापन गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्