नेभिगेशन
अन्य

अस्ट्रेलियामा जनसम्पर्क बिवाद टुंगियो, शुरेस गुरुङको अध्यक्षतामा केहि पदाधिकारी थपीयो

लामो समयदेखि अस्ट्रेलियामा चल्दै आएको कांग्रेशको भातृ संगठन जनसम्पर्क समितीकोे बिवादले निकाश पाएको छ । पदले मान्छेको कद खासै बढदैन, बरु त्यागले सम्मान भने बढदछ । त्यसैले पद र प्रतिष्ठाको लडाइमा त्याग सबैभन्दा महत्वपुर्ण कुरा हो ,लाग्दै गएपछि पद आफै आउने कुरा हुन नेपाली कांग्रेशका उप सभापती धनराज गुरुङले सीडनीमा जनसम्पर्क समितीका पदाधिकारीलाई निर्देशन र सुझाब दिदैगर्दा बिवाद टुंगिएको हो ।
नेपाली कांग्रेशका उप सभापती धनराज गुरुङ, वरिष्ट नेता चन्द्र भण्डारी, सह महामन्त्री बद्री पाण्डे ,प्रदेश सभापती उद्धब थापाको टोलीले लगातार दुइ दिनको वार्ता र संवाद पछि बिवादित दुबै पक्षलाई राखेर शनिबार शाँंझ सुरेश गुरुङको अध्यक्षतामा बिवादित पक्ष समेतलाई कार्यसमितीमा थपेर टुंगो लगाएका थिए । अस्ट्रेलियामा पार्टीले आधिकारीक रुपमा शुरेस गुरुङ अध्यक्ष रहेको जनसम्पर्क समितीलाई मान्यता प्रदान गरेता पनि अर्को पक्षले सबै राज्य समेटर समानान्तर रुपमा सोम गुरुङ अध्यक्ष रहेको अर्को जनसम्पर्क समिती बनाएका थिए ।
तिन दिनको वार्ता र छलफल पछि हामीलाई लाग्यो बिवाद कुनै ठुलो होइन, केहि झीना मसिना र व्यक्तीगत रहेछन भनेर । हामीले स्पष्ट रुपमा बिचारले बाधीएका साथीहरुको लागि पार्टी र सिद्धान्त ठुलो भएकोले झीना मसिना कुरामा नलाग्न र टेबलमा बसेर दुबै पक्षलाई निकास खोज्न आग्रह गरयौ । समाधान पनि निक्लीयो र एकाकार हुने कुरामा सबै सहमत हुनुभयो, उप सभापती धनराज गुरुले बताए ।
पार्टीका उप सभापतीले निर्देशन दिदैगर्दा मैले ब्यक्ती भन्दा पार्टी ठुलो ठाने र एकताको शन्देश जाने भएकोले अध्यक्ष पद त्यागेर शुरेस गुरुङ भाइलाई अध्यक्ष मान्ने कुरामा सहमती गरे ,अर्को पक्षका अध्यक्ष रहेका सोम गुरुङले बताए । उनले अगाडि भने , बिदेशमा सबै डेमोक्रयाटहरुलाई समेटेर एउटै छाता मुनी राख्ने र सबैले अपनत्व हुने बिषयमा म वाधक बन्नु हुन्न भन्ने मेरो बुझाइ हो ।
यता अध्यक्ष शुरेस गुरुङले यो सबैको जित भएको बताए । यो मेरो र सोम दाइको बिषय होइन हामी सबै कांग्रेशसँंग अपनत्व राख्ने समुह एकाकार हुने सवाल महत्वपुर्ण हो । आफु अध्यक्ष हुदैगर्दा सबैलाइ समेटेर अनि सबैको साझा अध्यक्ष हुनुपर्दछ भन्ने मान्यता राखेको कारण पनि यो बिवाद सदा सदाको लागि समाप्त भएको उनले बताए ।
शनिबारको अन्तिम चरणको छलफल पछि पार्टीका उप सभापती धनराज गुरुङ , सह महामन्त्री बद्री पाण्डे र प्रदेश सभापती उद्धव थापाको रोहबरमा शुरेस गुरुङको अध्यक्षतामा बनेको जन सम्पर्क समितीले सदस्यता खुला गर्ने , राज्य समितीहरुको हकमा न्यु साउथवेल्स राज्य समिती संयोजकमा सितल खाँंड गीरी र भिक्टोरीयाको संयोजकमा बिनितराज शर्मा रहने निर्णय गरेको छ । यस्तै अन्य राज्य समितीको हकमा अध्यक्ष र नया पदाधिकारीहरुले टुंगो लगाउने सहमती भएको छ । यस्तै कार्यसमितीको उपाध्यक्षहरुमा राजेश केसी र मनिषा अर्याल रहेकोमा अरु दुइजना थप गरी गणेश पौडेल र इथान शाक्यलाई थप गरिएको छ । यस्तै महामन्त्रीहरुमा रोहित खड्का र समित केसी रहेकोमा क्वीन्सल्यान्ड राज्यवाट अच्युत अधिकारीलाई महामन्त्रीमा थप गरिएको छ । यस्तै सह महामन्त्रीको सवालमा हाल दुइ जना रहेकोमा दुइ जना थप गरी चार जना बनाइएको छ । जसमा डार्बिनवाट सबिन बराल र एडिलेडवाट रबिन्द्र गौतम रहेका छन । सदस्यहरुको हकमा भने पछि थपीने सहमती भएको छ । महत्वपुर्ण नेताहरुको उपस्थीती र आग्रहपछी हामीले कुनै आग्रह पुर्वाग्रह नराखी सबैलाई समेटने प्रयास गरेका हौ,यस निर्णयले अस्ट्रेलियामा अब सदासदाको लागि जनसम्पर्कको बिवाद अन्त्य हुने बिश्वास लिएका छौ, जनसम्पर्कका संरक्षक कृष्ण गीरीले बताए ।
वार्ता टोलीमा दुबै जनसम्पर्क समितीका तर्फवाट अध्यक्ष शुरेस गुरुङ , सोम गुरुङ , देबेन्द्र बस्नेत , संरक्षक कृष्ण गीरी, महामन्त्री रोहित खड्का ,गणेश पौडेल , सीतल खाडँ गीरी रहेका थिए । यस्तै सहजकर्ताका रुपमा नेतागणका साथ गणेश केसी, विवेक थापा , प्रेम सापकोटा , निरज श्रेष्ठ , सुरेन्द्र सापकोटा, डिल्ली ढकाल, कन्चन पोखरेल, दिनेश जोशी लगायतको उपस्थीती रहेको थियो ।
भिक्टोरियावाट वार्तामा सहभागि हुन आएका जनसम्पर्कका नेता देबेन्द्र बस्नेतले आफुहरु एकताको पक्षमा सधै रहेको तर विधि बिधान अनि बिचारमा वाटो छेक्ने र प्रवेशमै रोक्ने कार्य गलत हो भन्ने अभियानमा रहेको बताए । तर अब सबै बिवाद अन्त्य भएको छ अब सबैका लागि सधैका लागि डेमोक्रयाटहरुको छाता संगठनको रुपमा जनसम्पर्कले काम गर्नुपर्दछ भन्ने हाम्रो मान्यता हो , बस्नेतले भने ।
यो साच्चीकै खुसीको दिन हो भन्ने लाग्छ, जनसम्पर्क समिती अस्ट्रेलियाका संस्थापक दिनेश जोशीले मेलमिलाप पछि सुनाए । निकै लामो समयदेखि बिचारमा बाधिएका मनुवाहरुबिचको आपसी द्धन्द्ध अपाच्य थियो तर नेताहरुको बलियो उपस्थीती र निर्देशनले सबैलाई एउटै छातामुनी ल्याएको छ, यो अस्ट्रेलियाका डेमोक्रयाटका लागि सुखद शन्देश पनि हो ।एकता जरुरी थियो र भयो पनि हामी यसका लागि गृहकार्यमै थियौ तर पार्टी वरिष्ठ नेताज्यु आएको बेला यसले पुर्णता पाउदा सुनमा सुगन्ध भयो ,समितीका महामन्त्री रोहीत खड्काले सुनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्