नेभिगेशन
LEADING_MAIN

नब नियुक्त राजदुत पोखरेलद्वारा ओहोदाको प्रमाण पत्र पेश


क्यानबेरा । अस्ट्रेलियाका लागि नवनियुक्त नेपाली राजदूत कैलाशराज पोखरेलले अस्ट्रेलियाका गर्भनर जनरल डेभिड हर्लीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।
जुलाई २५ तारिख क्यानबेरास्थित गर्भनर हाउसमा आयोजित बिसेस समारोहकाबीच पोखरेलले हर्ली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।
क्यानबेरा स्थित नेपाली दुताबासद्वारा जारि बिज्ञप्तीमा समारोहमा राजदूत पोखरेलले नेपालका राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट पठाइको सन्देश गर्भनर जनरललाई पढेर सुनाएका थिए ।
सो अवसरमा गर्भनर जनलर हर्लीले नेपाल र अस्ट्रेलियाको द्विदेशीय सम्बन्ध लामो रहेको बताउदै आगामी दिनमा दुई देशको पारस्परिक सम्बन्धले अझ नया उचाई लिने बिस्वास व्यक्त गरे । उनले पोखरेलको सफल कार्यकालका लागि शुभकामना दिएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पोखरेललाई गार्ड अफ अनरसहित सम्मान गरिएको थियो ।

समारोहमा नेपाली टोलीका तर्फबाट दूतावासका कर्मचारी र अस्ट्रेलियाली सरकारकातर्फबाट वैदेशिक विभागका अधिकारीका साथै चिफ अफ प्रोटोकलको समेत सहभागिता रहेको थियो । पोखरेललाई गार्ड अफ अनरसहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्