नेभिगेशन
अन्य

गैरआवासीय नेपाली नागरिकता दिने विधयेक प्रतिनिधि सभाबाट पारित

एनएनए प्रतिनिधि
कठमण्डौ । नेपालको संविधानको धारा १४ मा व्यवस्था भए अनुसार नेपालको संघीय संसदले गैरआवासीय नेपाली नागरिकता दिने विधयेकलाई जुलाई २२ तारिख शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले पारित गरेको छ । प्रतिनिधिसभाको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारित बहुमतले गरेको हो


अब यो विधेयकलाई राष्ट्रियसभामा पेश गरिने छ र त्यहाबाट पारित भए पछि प्रमाणितको लागि रास्ट्रपति समक्ष लगिने छ । रास्ट्रपतिले प्रमाणित गरेपछि मात्र ऐन बन्ने कानुनी प्राबधान छ । सो ऐन अन्तरगत मन्त्रीपरिषदले नियमावली बनाए पछि मात्र गैरआवासीय नेपाली नागरिकता लिने बाटो खुल्नेछ ।
पारित विधयेकमा आर्थिक, सामाजिक, र सांस्कृतिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको छ । आर्थिक, सामाजिक, र सांस्कृतिक अधिकार अन्तर्गत केके अधिकार पर्छन भन्ने बारे विधयेकमा प्रस्ट रुपमा उल्लेख गरिएको छैन ।
अहिलेको व्यवस्थाले अमेरिका, अष्ट्रेलिया, क्यानाडा, युके लगायतका दोहोरो नागरिकताको व्यवस्था भएका र त्यस देशको नागरिकता लिएका गैरआवासीय नेपालीहरुको मागलाई मात्र संवोधन गरेको एनआरएनएका अभियन्ताहरु बताउछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्