नेभिगेशन
अन्य

"म यस्तो गीत गाउछु " सीडनीमा

नेपाली दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्र ‘म यस्तो गीत गाउँछु २ अष्ट्रेलियाको सीडनीमा शुक्रबार दर्शकका माझ आउने भएको छ । नायिका पूजा शर्मा लगायत कलाकारको उपस्थितीमा हुने यस शोमा दर्शकको बाक्लो उपस्थिती रहने बिश्वास आयोजकले लिएको छ । नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका रहेको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

यो फिल्मको विदेश राइट्स नेपसिनेले लिएको हो । नेपसिनेका नेपाल प्रमुख विधान कार्कीले फिल्मलाई दर्शकले मन पराएको कारण अस्ट्रेलिया आइपुगेको बताए । सीडनी शोको व्यवस्थापन कलर्स अफ नेपालले गरेको हो । चलचित्र शुक्रबार सीडनीको हर्षभिलस्थीत सीभिक थिएटरमा साझ साढे पाच बजे सुरु हुने बिधानले सुनाए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्