नेभिगेशन
कला/शैली

सिड्नीमा अन्तराष्ट्रिय आदिवासी दिवसको मनाइदै

सिड्नी । नेपाली आदिबासी जनजाती मंच अस्ट्रेलियाले विभिन्न कार्यक्रमका साथ २८ औ अन्तराष्ट्रिय आदिवासी दिवसको मनाउदै छ । आउदो अगस्ट ६ तारिख शनिबारका दिन सिड्नीको म्यारिकभिल स्थित टाउन हलमा अपरान्ह ५ बजेदेखि हुने सो कार्यक्रममा सिड्नीमा रहेका ११ ओटा नेपाली जातिय सस्थाहरुको आदिवासीहरुको सास्कृतिक झांकी प्रस्तुत गरिने आयोजक सस्थाले जनाएको छ । यस बर्ष संयुक्त रास्ट्र संघले "आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका" लाई आफ्नो नारा तय गरेको छ ।

कार्यक्रममा राजवंशी , थारु, थकाली, नेवा:,राइ, लिम्बु, शेर्पा, मगर, गुरुङ, छन्त्याल र तामाङको मौलिक नाच र सबै आदिवासीहरुको सास्कृतिक झांकी देखाइने छ भने कार्यक्रमको प्रमुख आतिथ्यता अष्ट्रेलियन आदिवासी मन्त्री लिन्डा वर्नीले गर्नेछिन । त्यसैगरी कार्यक्रममा भाग लिन आएका चर्चित लिम्बू गायिका मनु नेम्वाङ र कलाकार फुलकुमार बम्जनको बेजोड गीतसंगीत र नृत्य प्रस्तुति रहने छ । कार्यक्रममा जनजाती पहिरन मा सजिएर फेसन सो पनि गरिने आयोजक सस्थाले जनाएको छ । साथै कार्यक्रममा सिड्नीमा रहेका बंगलादेशी आदिवासीहरुले पनि आफ्नो मौलिक सास्कृतिक झल्किने खालका नृत्य र गीत प्रस्तुत गर्ने छन् । कार्यक्रमलाई सफल बनाउन अर्वान होम्सले मुख्य प्रायोजन गरेको छ । कार्यक्रममा सहभागी भैदिनुहुन निम्फाका अध्यक्ष अरुण तामाङ्गले सबै सिड्नीवासी नेपाली समुदायलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्