नेभिगेशन
अस्ट्रेलिया समाचार

दोलखा हस्पीटलको सहयोगार्थ पर्थमा च्यारीटी डिनर

एनआरएन अस्ट्रेलियाको भगिनी संस्था नारि निकुन्ज वेस्र्टन अस्ट्रेलियाको आयोजनामा दोलखा हस्पीटलका लागि सहयोगार्थ एक च्यारिटी डिनरको आयोजना गरिएको छ ।

पर्थमा आयोजित सो कार्यक्रमवाट करिब पाँंच हजार डलर बचत गरिएको र सो रकम दोलखा हस्पीटलको सहयोगार्थ प्रदान गरिने नारिक निकुन्ज वेस्र्टन अस्ट्रेलियाकी संयोजक रत्ना गौतमले जानकारी दिइन । नारी निकुन्ज अस्ट्रेलियाले विभिन्न राज्य समिती मार्फत बिभिन्न राज्यहरुमा सहयोग वापत उठाइएको पन्ध्र हजार डलर समेत सोही हस्पीटलको महिला तथा बालबालिकाको हितका लागि हस्पीटलको स्तर उन्नतीका लागि प्रदान गर्न लागिएको जानकारी गौतमले दिइन । नेपालको ग्रामिण भेगमा आङ खस्ने समस्या लगायत महिला तथा बालबालिकाको उपचार्थ सहयोग गर्ने उद्देस्यका साथ यो सहयोग कार्यक्रम आयोजना गरेका हौ, हामीले यस पटक भने दोलखा हस्पीटलको स्तर उन्नतीका लागि यो सहयोग गर्न लागेका हौ , वेस्र्टन अस्ट्रेलियाकी संयोजक गौतमले सुनाइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।