नेभिगेशन
कला/शैली

रामकृष्णको ओए कमला म्युजिक भिडियो सार्बजनिक

सिड्नी । अस्ट्रेलिया लाई कर्मथलो बनाउदै आएका डा रामकृष्ण निरौला यहाको नेपाली समाजमा चिरपरिचित नाम हो । यहाको नेपाली समुदायमा सामाजिक अभियन्ताको पहिचान बनाउन सफल उनी नेपालि गीत संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउने कार्यमा लागिपरेका छन् । डा रामकृष्ण निरौलाले गाएको 'ओए कमला ' को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । प्रहिल कार्कीको निर्देशन रहेको सो म्युजिक भिडियोमा लोकप्रिय नायक पुष्प खड्का र मोडेल बिना राउतले अभिनय गरेका छन् । हुगीतकार विक्रम के सीको शब्दरचना र सुनिल रोक्काको संगीत रहेको डान्सिङ्ग शैलीको यस गीतमा गायक निरौलालाइ गायनमा मेलबर्न निवासी काब्य आचार्यलले साथ दिएकी छिन ।
'ओ एस आर ' डिजिटल मार्फत सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्तम हुमागाईको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।

https://www.youtube.com/embed/JAmQhjbA0EA
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्