नेभिगेशन
LEADING_MAIN

साहित्यिक कार्यक्रमका साथ सिड्नीमा भानु जयन्ती मनाइयो

सिड्नी , आदिकवी भानुभक्त आचार्यको २०९ औ जन्मजयन्तिको अवसरमा अन्तरास्ट्रिय नेपालि साहित्य समाज न्यू साउथ वेल्स च्याप्टर अस्ट्रेलियाको आयोजनामा सिड्नीको हर्स्ट्भिल स्थित सिभिक थियटरमा जुलाई ९ तारिख शनिबारका दिन साहित्यिक कार्यक्रमका साथ भानु जयन्ती मनाइयो । बरिस्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बाल कलाकारहरु श्रेया पौडेल र आरुषी पोख्रेलले नेपाली नृत्य प्रस्तुति गरेका थिए भने आयाम घिमिरेले बाल्मिकी रामायणको बालकाण्डको श्लोकहरु बाचान गरेका थिए । कार्यक्रममा साहित्यिक अनुरागीहरुले भानुभक्तका जीवनका विभिन्न आयाम झल्कने कबिता बाचन समेत गरिएको थियो ।

सो अवसरमा श्रेया पौडेल, आरुषी पोख्रेल र आयाम घिमिरेलाई प्रमाणपत्र प्रदान प्रदान गरि सम्मान गरिएको थियो। साथै बाल प्रतिभा ब्रिष्टि दवाडीलाई अनेसास केन्द्रको "बालतारा पुरस्कार" बाट समेत सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अथिति ज्ञानुवाकर पौडेल, नेपाली कन्सुलेट जनरल दीपक खड्का,गैर-आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, उपाध्यक्ष देव गुरुङ ,सामाजिक अभियन्ता इन्द्रा वन र डा नारायण प्रधान लगायतका बक्ताहरुले आ आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रममा निराजन सापकोटाद्वारा लिखित कविता संग्रह "जीवन :अविरल यात्रा र स्मृति" को लोकार्पण गरिएको थियो । सस्थाका महासचिव डा प्रकाश पौडेल र पब्लिक अफिसर चतुर्भुज खरेलले द्वारा संचालित सो कार्यक्रम नेप्लिज अस्ट्रेलियन एशोसिएशन (NAA), फेडरेसन अफ नेप्लीज कम्युनिटी एशोसिएशन अफ अष्ट्रेलिया (FeNCAA) र गैर-आवासीय नेपाली संघ (NRNA SCC) को सहकार्यमा सम्पन्न भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्