नेभिगेशन
व्यक्ति/व्यक्तित्व

सफलताको सिढीमा उक्लदै यूवा उद्यमी ज्ञानेन्द्र

कृष्ण तिवारी
भनिन्छ, परिश्रमको फल मिठो हुन्छ । जीवनमा हजारौं सपना बुनिन्छन् तर ती सबै पुरा पुरा भएरै छोड्छ । यसैको उदारहण बनेका छन् युवा उद्यमी ज्ञानेन्द्र कार्की । जीवनमा सघर्षसगै पैठेंजोरी खेल्दै सफलताको शिखर चढ्दैं गरेका ज्ञानेन्द्र अस्ट्रेलियाको सिड्नीमा रियल स्टेट र निर्माण व्यवसायमा एउटा छुट्टै साख बनाइसकेका छन् । सुरूमा ‘मेट्रो होम्स एन्ड पार्टनर्सबाट रियलस्टेट व्यवसाय सुरू गरेका ज्ञानेन्द्र यतिबेला लाभिस कन्स्ट्रक्सन एन्ड डभेलपमेन्ट, (लेभिस कमर्सियल डिभिजन) अर्बन होम्स र एक्सपर्ट स्टेट एजेन्ट गरी रियलस्टेट व्यवसायबाट नेपाली समुदायमा मात्र नभई अस्टेलियामा अन्य समदायमा समेत आफ्नो छुटटै पहिचान बनाउन सफल भएका छन् । नेपाली समुदायमा ज्ञानेन्द्रका नामले चिनिदै आएका उनी अस्ट्रेलियनसहित तेस्रो मुलुकले ‘ग्यारी’ का नामले परिचित छन् । आज उनको कम्पनीको कुल पूूजी लगभग ४ सय मिलियन भन्दा माथि पुगिसकेको छ ।
उनको निमार्ण कम्पनीले अस्टैलियामा आठ तलासम्मको व्यापारिक तथा व्यवसायीक घर÷अफिस निर्माण गर्ने अनुमति पाएको छ । जुन अहिले अस्ट्रेलियामा नेपाली मुलको सम्भवत पहिलो सफलता हो । ग्राहकको सन्तुष्टी अनि सहजताका लागि एक अर्कामा परिपुरक रहेका चार कम्पनी एकै साथ अगाडि बढाएको उनले बताए । कर्मभूमिमा आफ्नो ज्ञान, सीप र अनुभवलाई लगनशीलता र मिहिनेतबाट सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण अस्ट्रेलियामा पस्केका छन् कार्कीले । छ्यालिस वर्षअघि विराटनगरको रंगेलीमा जन्मिएका कार्कीको वाल्यकाल कहिले गाऊ त कहिले शहरमा वित्यो । बुवा कृष्ण बहादर र आमा राधादेवी कार्कीका चार दाजुभाई अनि एक दिदीमध्ये कान्छो छोरा थिए ज्ञानेन्द्र । कार्कीका बुवा सरकारी जागिरे थिए अर्थात प्रहरी सेवामा इस्पेक्टर । जागिरे जीवनबाट अवकासपछि उनी प्रधानपञ्च समेत बने । समाजसेवा उनको मोह पनि थिए । गाउ“मा केही समस्या पर्यो कि गाऊलेहरु कृष्ण बहादरलाई सम्झन्थ्ये । बुवाको प्रेरणाले ज्ञानेन्द्रमा पनि विस्तारै समाजेवातिरको मोह पलाउदै गयो । शिक्षित अनि सम्भ्रान्त परिवारमा जन्मे हुर्केका कार्कीले अध्ययनको लागि निकै राम्रो वातावरण पाए ।


कार्कीले रंगेली माविबाट प्रवेशिका पास गरे । पढाईमा उनी अब्बल नै थिए । तर उनको रुचि अध्ययनको अलवा अतिरिक्त क्रियाकलापमा बढी थियो । वाल्यकालमा उनको चाहना डाक्टर, इन्जिनियर बन्ने पटक्कै थिएन् । घरपरिवारमा भने छोरा डाक्टर, इन्जिनियर बनिदिए हुन्थ्यो भन्ने चाहना हुन्थ्यो । कार्कीले महेन्द्र मोरड कलेजबाट कमर्स विषयमा प्रविणता प्रमाणपत्र तह अनि स्नातक सके । अध्ययन गर्दागर्दै उनले होटल व्यवसायमा हात हाले । पछि फर्निचर उद्योगतिर । सानैदेखि व्यापार व्यवसायमा औधि रुचि राख्थे कार्की । अध्ययनको विषय अनि व्यापार व्यवसायतिरको अनभवले कार्कीलाई अझ बढी केही गर्ने हुटहुटीले सतायो । अनि मीनभवनबाट मास्टर्स गर्दागर्दै मेडिकल बिजनेस शुरु गरे । आइसीयु भेन्टीलेटर उपकरणको सप्लायर्सको रुममा कार्कीले झण्डै १५ वर्ष काम गरे । नेपालमा कार्कीको मेडिकल विजनेसले निकै राम्रो व्यापार गर्यो । अब उनी आफ्नो व्यापार नेपालमा मात्र नभएर विदेशमा पनि विस्तार गर्ने सोच बनाए । त्यसै अनुरुप कार्कीको पहिलो रोजाई बन्यो अस्ट्रेलिया ।

Australia Tour

अस्ट्रेलियाको यात्रा
मेडिकल विजनेसको व्यापार प्रबर्धन गर्ने सिलसिलामा सन् २००९ मा कार्की अस्ट्रेलिया आए । नेपालको विजनेसलाई दाइको जिम्मा लगाएर उनी सिड्नीबाट विश्व बजार चाहार्न थाले । उनले सिड्नीमा बोस्टर्न मेडिकल इन्टरन्यासनल कम्पनी खोले । कम्पनी मार्फत उनले एक्सरे मेसिनदेखि सीटी स्क्यान तथा आइसीयूका भेन्टिलेटरको सप्लाई गर्दै आए । अनुभवले खारिएका कार्की फुर्सत भयो कि कम्यूटरमा रिसर्च गरि हाल्थ्ये । अमेरिकामा रहेका आफ्नै दाई बिपेन्द्रले अस्टेलियामा रियल स्टेटतिर हात हाल्न सुझाए । रियल स्टेटसम्बन्धि अध्ययन सकेपछि सन् २०१४ मा एउटा रियल स्टेटमा काम गर्न पुगे । काममा निकै लगनसीलता तथा मिहिन अध्ययन गर्न रुचाउने कार्कीले करिब तीन वर्ष काम गरे । तीन वर्षको अवधिमा कार्कीले धेरै अनुभव बटुले । फलस्वरुप सन् २०१७ मा उनले मेट्रो होम्स एण्ड पाटनर्स संचालनमा ल्याए । केही वर्षको अन्तरालमा नै कार्कीले एक्पर्ट स्टेट, अर्बन होम्स, लाभिस कन्सटक्सन गरि चार वटा कम्पनीहरु संचालन गर्दै आएका छन् । करिब ५० जनालाई प्रत्यक्ष तथा १५० भन्दा बढी अप्रत्यक्ष रुपमा जागिर दिलाउन सफल कार्कीेको कम्पनीको कुल पू“जी करिब ४ सय मिलियनको भन्दा बढी छ । सिड्नीमा रहेको एक्सपर्ट स्टेटलाई अस्टेलियाका अन्य शहरहरुमा पनि छिट्टै शाखा विस्तार गर्ने सोच बनाएका छन् ।

समाजसेवा र जीवन
जीवनलाई उनी सहज रुपमा लिन चाहन्छन् । दिनपछि रात भनेझैं दुखपछि सुखको अनुभुति हुने जीवनको भागाईबाट सिकेका छन् । समस्या र चुनौतिसंग जुद्दै आफ्नो लक्ष्यमा पुग्न सक्नु सार्थक जीवन हो । जस्तो सुकै कठिन परिस्थिति आइपरेता पनि सामना गर्न तयार हुनुपर्ने बताउछन् । अवसरलाई पछ्याउन सक्नु सफल जीवन हो । जीव र जीबन्तलाई छुट्याएर हेर्न सक्नुपर्छ । सफल जीवनका लागि परिश्रम, मिहिनेत, लगनशिलता र धैर्य चाहिन्छ । कार्कीको चार पुस्तादेखि बैष्णम मार्गमा लगाब छ । वैष्णम पारिवारमा जन्मेर हुर्केर होला उनी सकारात्मक सोचप्रति निकै धनि छन् । उनी भन्छन् –आफ्नो जरोलाई बिर्सन हुदैन् । आफ्नो कुल धर्म, संस्कार, रितिरिवाज हाम्रा सम्पत्ती हुन् । नया“ पुस्तालाई समेत आफ्नो संस्कार सिकाउनुपर्ने कार्की बताउछन् । मेडिकल विजनेसको सिलसिलामा उनले जीवन र मृत्युलाई नजिकबाट नियालेका छन् । भन्छन्– समाजसेवाले मानिसलाई आत्मसन्तष्टी दिन्छ ।

समाजसेवा उनको रुचि पनि हो । त्यसैले उनले सारथी फाउण्डेसन मार्फत समाजसेवाको दायरालाई अझ बृहत बनाउन खोजेका छन् । ‘हामीले स्टार्ट अप क्यापिटल अर्थात प्रारम्भीक व्यवसायीक पूजी लगानीको सुरूवात गर्ने र नेपाली युवालाई यसमा समाहित गर्ने एउटा ठूलो प्रयास सुरुआत गरेका छौ । उनले पढाइ सकेर अलमलमा परेका युवालाई उनीहरूले सिकेको सिप र क्षमताको सदुपयोग गराउदै प्रारम्भीक लगानीमा अगाडि बढाउन खोजेका छन् । यो अहिलेको आवश्यकता भएको भन्दै कनेन्ट एनआरएन बिल्ड नेपाल भन्ने अभियान अगाडि बढाएको कार्की बताउछन् । कम्पनीका कार्यकारी समेत रहेका ज्ञानेन्द्रले भने, ‘यसका लागि अस्ट्रेलियासगै नेपालमा पनि महत्वपूर्ण अभियान थाल्नेछु । सन् २००८ मा काठमाडौं निवासी शक्तिदा बा“नियासंग वैवाहिक सम्बन्ध गा“सेका कार्की परिवारप्रति निकै खुसी छन् । यो उनीहरुको मागि विवाह थियो । सेन्ट जेभियर्सबाट व्याचलर्स इन विजनेस स्टडीज सकेकी बा“निया उच्च शिक्षाका लागि सन् २००८ तिर मास्टर्स इन विजनेस स्टडीज अध्ययनका लागि अस्टेलिया आइपुगिन । बाडियामा स्थायी बसोवास गर्ने कार्की परिवारमा एक छोरा श्रीयन्स छन् । आफ्नो सफलताको श्रेय जीवनसंगीनी शक्तिदालाई दिन्छन् कार्की । घरपरिवार समाल्दै आफ्नो व्यवसायलाई समेत साथ दिएकी छिन् बा“नियाले । कम्पनीको फाइनान्स प्रमुख भएर काम गर्दै आएकी छिन् । कार्कीले आफ्नो व्यवसायलाई कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन । भन्छन् –मेरा टीमका सहकर्मी साथीहरु आफन्तजन तथा सुभेच्छुकहरुको आर्शिवादकै कारण आज यो ठाउंमा छु । सेल्स टिमका अनुराग हुमागाई, नितिन वत्रा, श्रीती सिन्ह, गजेन्द्र गौचन र प्रेम महरा उनको यात्रालाई साथ दिने सहयात्री हुन्् । यता कन्स्टक्सन एण्ड डिभलपमेन्ट टीममा ध्बनमथ क्mबल, क्बmथ ध्बककभभिथ, ःष्चवबलब क्गखबवबअ ले होस्टेमा हैंसे गर्दै यात्रालाई अगाडि लम्काइरहेका छन् । जीवनका उतारचढाव अनि समयस्याका वेला काठमाडौंमा रहेका दाजु दिपेन्द्रको सुझाव र सल्लाह अनि सिड्नीमा रहका साढुदाई प्रल्लाद केसीको नैतिक सहयोगलाई सम्झिन्छन् कार्की । फुर्सदमा परिवारसंग रमाउन चाहने कार्की इन्टरनेटमा नया“ नया“ रिसर्च गरी समय अनकुल आफूलाई निखार्न औधी मन पराउछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्