नेभिगेशन
अस्ट्रेलिया समाचार

Walk for Community Welfare Program

गैर आवासीय नेपाली संघ, अष्ट्रेलियाले हरेक बर्ष बिभिन्न राज्यमा आफ्नो कल्याण कोषमा रकम जम्मा गर्ने र समुदायको सरोकारका बिषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले केहि बर्ष देखि Walk for Welfare कार्यक्रमको आयोजना गर्दै आएको छ । यो कार्यक्रममा स्थानीय समुदायको सहभागिता रहिआएको छ । कोषमा जम्मा भएको रकमबाट अप्ठेरोमा परेका समुदायका सदस्यहरुलाई आपतकालीन सहयोग उपलब्ध गराउँदै आइएको छ ।

क्विन्सल्याण्डको ब्रिसबेनमा गैर आवासीय नेपाली संघ, अष्ट्रेलिया, क्विन्सल्याण्ड राज्य समितिले यो यस बर्ष यो कार्यक्रमलाई अझैं बिशेषरुपमा गर्ने भएको छ । अरु राज्यमा जस्तै क्विन्सल्याण्डमा नेपाली समुदायको आफ्नो मौलिक पहिचान झल्काउने नेपाली सामुदायिक केन्द्रको आफ्नो भवन बनाउने पहल चलिरहेको छ । गैर आवासीय नेपाली संघ, अष्ट्रेलिया, क्विन्सल्याण्ड राज्य समिति एवम् नेपलिज असोसिएसन अफ क्विन्सल्याण्ड को सक्रिय सहभागिता र क्विन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्र (QNCC) को अगुवाईमा यो अभियानले हालका बर्षहरुमा उल्लेखनीय रुपमा गति लिएको छ । तथापि यो अभियानमा समुदायको सहभागिता व्यापकरुपमा बढाउनु पर्ने आवश्यकता महशुस गरिएको छ ।

आगामी १९ जुलाईका दिन आयोजना हुने Walk for Community Welfare को यो कार्यक्रम बिशेष रुपमा क्विन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्र (QNCC) को सहयोगार्थ हुनेछ र कार्यक्रम मार्फत सङ्कलन हुने रकमको ७०% क्विन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको भवन निर्माण कोषमा जम्मा गरिनेछ । बाँकी रकम गैर आवासीय नेपाली संघ, अष्ट्रेलियाको कल्याण कोषमा जम्मा गरिनेछ । यस बाहेक कार्यक्रममा उपस्थित समुदायका सदस्यहरुलाई क्विन्सल्याण्ड नेपाली साँस्कृतिक केन्द्रको हालसम्मको प्रगति र भावी कार्यक्रमको वारेमा जानकारी गराइने छ ।

कार्यक्रममा सहभागी भएर स्थानीय नेपाली समुदायको साझा कार्यक्रम प्रति एक्यबद्धता जनाउनुका साथै गैर आवासीय नेपाली संघ, अष्ट्रेलिया र स्थानीय सामुदायिक संस्थाहरुको साझा पहलमा सहयोग गरिदिनुहुन आयोजक संस्थाको तर्फबाट अनुरोध गरिएको छ । कार्यक्रममा सहभागिताको आबश्यक शुल्क तिरेर नाम दर्ता गर्न सकिन्छ । सहभागिता शुल्क निम्न बमोजिम रहेको छ । बालबालिका तथा नेपालबाट आउनुभएका अभिभावकहरु: निशुल्क बिद्यार्थीहरु: १० डलर, वयस्क व्यक्ति: ५० डलर, परिवार: १०० डलर सहभागिताहरुलाई टिशर्ट र खाजाको ब्यबस्था गरिएको छ । Walk for Community Welfare को यो कार्यक्रम १९ जुलाई आईतवारका दिन बिहान ७:०० देखि ११ बजे सम्म JC Slaughter Falls, Mount Coot-tha मा हुनेछ । नाम दर्ताको लागी तलको लिंक प्रयोग गर्न सकिन्छ ।

https://forms.gle/tDtt7ZVDqx3u2CcJ6

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।