नेभिगेशन
LEADING_MAIN

मंगलबार टाउनहलको रिजमा एक्सपर्ट एजुकेशन मेला

एक्सपर्ट एजुकेशन एन्ड माइग्रेशनले आउँंदो हप्ताको मंगलबार नेपाली विध्यार्थीको हितमा होटल रिज टाउनहलमा शैक्षिक तथा अध्यागमन प्रदर्शनीको आयोजना गर्ने भएको छ । कोभिडको माहामारी पछि अस्ट्रेलियामा जुन रुपमा नेपाली विध्यार्थीहरुको आगमन भएकोछ त्यसलाई ध्यानमा राखेर आवश्यक शैक्षिक परामर्श तथा अध्यागमन सुल्लाह सुझाब प्रदान गर्ने उद्देस्यले एक दिने शैक्षिक प्रदर्शनीको आयोजना गर्न लागिएको एक्सपर्ट ग्रुपका ब्यवस्थापक मन्जित घिमिरेले बताए । एक दिने सो शैक्षिक तथा अध्यागमन मेलामा सम्वन्धित कलेज तथा बिश्वबिद्यालयका प्रतनिधी स्वयं उपस्थीत हुने र निशल्क शैक्षिक परामर्श प्रदान गर्ने भएकोले पनि यो शैक्षिक मेला नेपाली विध्यार्थीहरुको लागि महत्वपुर्ण रहेको छ । त्यस बाहेक आधिकारीक अध्यागमन एजेन्टहरु मार्फत पढाइ सकेर स्थायीत्वको लागि गन्तब्य खोजिरहेका नेपाली विध्यार्थीहरुलाई पछिल्लो निति नियम र कुन राज्यमा कस्तो सुविधा प्राप्त गर्न सकिने बिषयहरुमा बिशेष छलफल चलाइने छ । त्यस बाहेकपनि अस्ट्रेलियामा कठिन परिस्थीतीमा रहेका र क्यानडामा जान चाहने विध्यार्थीहरुका लागि बिशेष कक्षाको समेत व्यबस्था रहेको एक्सपर्टका व्यबस्थापक घिमिरेले बताए । त्यस बाहेक पनि विध्यार्थीहरुको हितलाई ध्यानमा राखेर केहि शैक्षिक संस्थाका लागि निशुल्क एप्लीकेशन फी, निशुल्क ट्याक्स रिर्टन, पाँंच सय डलरसम्मको एक्सपर्ट छात्रबृतीको कार्यक्रम समेत राखिएको व्यबस्थापक घिमिरेले जानकारी गराए । अस्ट्रेलियामा यतिबेला लगभग ७५ हजार नेपाली बिध्यार्थीहरु अध्यनरत रहेको तथ्यांकले देखाएको छ । अस्ट्रेलियन सरकारले बर्षै पीच्छे अध्यागमन निति नियम परिवर्तन गरिरहने हुनाले पनि अस्ट्रेलियामा अध्यनरत तथा टीआरमा रहेका विध्यार्थीहरुका लागि यस्ता शैक्षिक मेलाहरु निकै महत्वपुर्ण हुने एक्सपर्टका अपरेशन मेनेजर भुवन पाण्डे बताउछन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्