नेभिगेशन
LEADING_MAIN

डार्बिनमा भोलि हुने नेपाल फेस्टिभलको तयारी पुरा

डार्बिन ,जुन ३ । एन आर एन ए अस्ट्रेलियाको सिग्नेचर कार्यक्रमको रुपमा रहेको नेपाल फेस्टिभल कार्यक्रमलाई निरन्तरता दिने क्रममा यहि जुन ४ तारिख शनिबारको दिन नर्दन टेरिटोरि राज्यको डार्बिनमा आयोजना गरिने नेपाल फेस्टिभल कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल न्युज अस्ट्रेलियासंग फेस्टिभल तयारीको बारेमा कुरा गर्दै एनआरएनए अस्ट्रेलिया नर्दन टेरिटोरीका संयोजक बिष्णु चापागाइले बिश्व सामु नेपाल र नेपालीको पहिचानलाई चिनाउने महोत्सबको लक्ष्य रहेको बताउदै महोत्सबमा नेपालको पुर्ब मेचीदेखि पश्चिम महाकाली ,हिमाल , पहाड र तराई सम्मका विविध कला ,संस्कृति र भेषभुसाहरु झल्काउने खालका कार्यक्रम हरु समाबेस गरिने जानकारी दिए । संयोजक चापागाइले बिशिस्ट पहिचान बोकेका हाम्रा बिभिन्न चाडपर्ब ,धर्म र संस्कृति हरुको जगेर्ना गर्ने अभियानमा यो महोत्सब मार्फत सकेको ईटा थप्ने यो कार्यक्रमको उद्देश्य रहेको उल्लेख गरे ।
महोत्सबमा धरहरा , नेपाल हाउस ,नेपाली टि टेस्टिङ्ग र टि गार्डेन , किड्स एक्टिभिटिज ,रिङ्ग गेम्स हुनेछ । महोत्सबमा नेपाली ढुंगे धारा , नेपाली खानाका स्टलहरु ,साथमा डार्विन वरपर रहेका हाम्रा स्थानीय कलाकारहरुले विभिन्न सांगेतिक र मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गर्नेछन् ।
डार्बिनको वाटरफ़ण्टमा भोलि शनिबार दिउसो ३ बजे देखि राति ९ बजेसम्म हुने सो महोत्सबमा नेपालको चर्चित सांगेतिक ब्याण्ड Robin and the New Revolution ले लाइभ कन्सर्ट मार्फत आफ्नो सांगेतिक कार्यक्रम प्रस्तुत गर्ने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्