नेभिगेशन
बिचार/ब्लग

स्थानीय निर्वाचनको सुगन्ध अर्थात् हर्क राई

डिल्लीराज पाण्डेय

प्रिय मानिसहरू छन् । सिमाना तथा सिमाना भन्दा अलि पर टाढा टाढासम्म । चुनावको मौसम छ ।शुभकामना तथा बधाईका लामबद्ध लस्करहरू छन् । जो नातावाद तथा कृपावादको विरोध गर्छन् ठिक तिनीहरू नै राजनीतिमा आफन्तहरूका तस्वीरहरू पोष्ट गरिरहेका छन् । राजनीतिमा नाता सम्बन्ध होइन ,विचार प्रमुख हुनु पर्छ । तर ब्यक्तिगत जीवनमा भने नाता सम्बन्धको आफ्नै महत्व हुन्छ । सायद ,त्यसैले होला न कुनै नाता छ नत कुनै ब्यक्तिगत सम्बन्ध । तर ,हाम्रा लागि प्रिय छन् हर्क राई ।

बालेन साह नेपालको केन्द्रीय राजधानी काठमाण्डौंको मेयर निर्वाचित भएका छन् ।उनको जितको सन्देश तथा त्यसले पार्ने सम्भावित प्रभावका बारेमा मानिसहरूका फरक फरक मतहरू हुन सक्छन् ।देशको राजधानीको नगर पिता स्वच्छ,इमान्दार र निष्ठावान रहोस् भने चाहना नागरिकहरूले राख्नु स्वाभाविक हुन्छ । कमजोरी मानिसबाट हुन्छ सुधार पनि उसैले गर्नुपर्छ ।
साहका बारेमा लेख्नै पर्ने कुरा त खासै छैनन् । तर एउटा कुरा भने लेख्न मन लागेको छ । उनको जिवनका घटनावेलीहरू केवल उनमा मात्र सिमित रहने कुरा अब रहँदैन् ।-याप गाउने क्रममा महिला माथि जुन तुच्छ शब्दहरू प्रयोग गरेका थिए त्यसको लागि उनले कमसेकम आत्मालोचना गरून भन्ने चाहना भने छ । अरू कुनै देशको उदाहरण दिएर यसलाई सामान्यकरण गर्न खोज्नु गलत हुन्छ भन्ने यो पंक्तिकारको बुझाई छ ।

प्रमुख राजनीतिक दलहरूको बर्षौंको दादागिरीलाई निर्णायक क्षणमा काठमांडू बासीले धुलो चटाएको छन् ।ढिलो या चाँडो मात्र हो इमान्दारिता गुमाउनेहरूले दण्ड भोग्नु पर्छ ।जनता केवल दुइपटक मात्र बोल्छन् एकपटक क्रान्तिमा ,अर्कोपटक निर्वाचनमा ।दुबै मोडहरूमा काठमाण्डौंका जनता बोलेका छन् । जनताको आवाजको नाडी छाम्न नसक्ने विचार या ब्यक्ति आजको युगमा सफल हुनै सक्दैन् ।

स्वभाविक छ,सबै कुरामा सबैको समान धारणा हुँदैन । हामीलाई थाह छ ,सामाजिक संजाल तथा संजाल बाहिर प्रशस्तै स्वघोषित वकिल र न्यायाधीशहरू छन् । पंडितहरू छन् जो स्वच्छ आलोचना समेत सुन्न सक्दैनन् । देवत्वकरण संगै राक्षसिकरणको म्याराथोन दौड फेरि सुरू हुनेछ ।

प्रमुख राजनीतिक दलहरू प्रति तिब्र आक्रोश र वितृष्णा छ । यसको अर्थ बालेन शाह प्रतिको पुरा समर्थन छ भन्ने भ्रम अझै पनि नपाल्दा हुन्छ । प्रमुख राजनीतिक दल प्रतिको आक्रोशलाई बालेन शाह प्रतिको समर्थन ठान्नेहरूले राजनीतिको खास अर्थ नबुझेको ठहर्छ । प्रमुख राजनीतिक दलको कुकर्म बालेन शाहको योग्यता हुन सक्दैन । तर स्वर्णिम अवसर र चुनौतिको दोंसाधमा बालेन शाह पुगेका छन् । बालेन शाह न आकाशबाट खसेका हुन नत पातालबाट उम्रिएका । यिनी पनि हामी जस्तै हाम्रै समाजका उत्पादन हुन ।अनावश्यक देवत्वकरण नगरौं ।अनावश्यक राक्षसिकरण नगरौं ।

प्रमुख राजनीतिक दलको असफलता तथा नेतृत्वको स्खलित चरित्रका कारण बालेनहरूको उदय भएको हो । परिक्षा हुन बाँकी छ । तर,बालेनहरू कांडाघारी तथा सिस्नु घारीमा प्रवेश गरिसकेका छन् ।समयले बताउने छ कति लामो रेसका घोडा हुन । शुभकामना दिन सकिन्छ । तर ,बधाई भने आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरि फर्किदा मात्र दिन सकिनेछ ।
निराशा मृत्यु हो भने आशा जीवनको आधार । हर्क तथा बालेनहरू मृत्युको मुखमा जाँदैछन् । आशा गरौं पाँच बर्ष पछि फर्किंदा उनीहरूमा विकृतका छिटाहरू नलागुन । सत्ताको मुखबाट फर्किदाँ आज उनीहरूको पतनको कामना गर्नेहरूले मुस्कानका साथ,भनुन वाह हर्क,वाह बालेन !!

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप बिचार/ब्लग
मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

मेरो बाउलाई "अष्ट्रेलियन फादर्स डे "को शुभकामना 

यो खबर सुनेर घरमा आमा/बाउ, अनी भुरा भुरी भाई/बैनीहरू सुभैरा, ईखे, उमेश..अनी कल्पना चै कोक्रैमा थियो..) कम्ता रमाको हैन बिचराहरू सबैले भित्रभित्र आफ्नो आफ्नै सपना बुन्नु थाले पक्कै...
आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

आश जगाउनुस् अनि पुर्पुरोमा लेखि ल्याएको अझैं ५/७ चोटी प्रधान मंत्री भै रहनुस् !

यस्तो नाराबाजी गर्ने तथा देउवाले भनेका ‘बकवासहरू’ कम शक्तिशाली होईनन्। अब देउवा, ओलीहरू बुजुर्ग भए। उनिहरूलाई लाग्दो हो-“बुजुर्गहरूले समाजलाई दिशा दिन्छ। काँग्रेस वा कम्युनिष्टको बलको मियों हुन् समाजका...