नेभिगेशन
LEADING_MAIN

दोहोरो नागरिकताका बिषयमा कांग्रेश सकरात्मक : पुर्व मन्त्री मोहन बस्नेत

नेपाली कांग्रेशका केन्दिय सदस्य समेत रहेका मोहन बहादुर बस्नेतले नेपाल दुख्दा जुरुक्कै उठने प्रवासी नेपाली दोहोरो नागरिकताको हकदार रहेको बताउदै यस बिषयमा नेपाली कांग्रेश र सभापती शेर बहादुर देउवा समेत सकरात्मक र समर्थनमा रहेको सम्मान कार्यक्रममा सुनाए । मुलुक दुख्दा सबैभन्दा अगाडि फ्रन्टलाइनमा देखिने बिदेशमा रहेको नेपाली र उनिहरुको सहयोग अनि सदभाव महत्वपुर्ण पाटोको रुपमा रहेको बताउदै बस्नेतले भने, मुलुकको आर्थिक संकटलाई सहज बनाउन पनि प्रवासी नेपालीलाई दोहोरो नागरिकता दिनु आवश्यक छ , यसले मुलुकमा लगानि भित्राउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने छ ।
नेपाली कांग्रेशका प्रभावशाली नेता तथा पुर्व संचार मन्त्री मोहन बहादुर बस्नेतले मुलुकमा पछिल्लो परिदृष्यका रुपमा देखिएको स्वतन्त्र उमेदबारहरुको उदय नेपाली राजनितीक दलका लागि महत्वपुर्ण चुनौती बनेको बताएका छन । राजनितीक दलका उमेदवारहरुलाई पछारेर राजधानी लगायतका केहि स्थानमा स्वतन्त्र उमेदबारको उदय दलीय व्यबस्था र नेताप्रतीको तिखो ब्यंग समेत बनेको पुर्व स्वास्थ मन्त्री समेत रहेका बस्नेतले बताए ।
जनसम्पर्क समिती अस्ट्रेलियाको सम्मान कार्यक्रममा उपस्थीत हुदै सीडनीमा बस्नेतले सो कुरा बताएका हुन । यस बिषयमा राजनितीक दलहरु गंभिर नभए आगामी संसदिय चुनाबमा अझ बढी स्वतन्त्रहरुको उदय हुन सक्ने बस्नेतले ठोकुवा गरे ।

बस्नेतले बिदेशवाट मुलुकमा पठाइने रेमिट्यान्स पनि सरकारी च्यानल मार्फत नगइ हुन्डी मार्फत गएको परिप्रेक्षमा राज्यलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरै घाटा भैरहेको बताए । उनले नेपालको प्रशासनिक परिपाटीको सुस्तता र गलत प्रवृतीका कारण हुन्डी लगायतका कयैन महत्वपुर्ण पक्ष ओझेलमा परेको समेत सुनाए ।

राजनितीमा परोपकारी अभियान सबैभन्दा महत्वपुर्ण पक्ष रहेको कारण आफ्नो राजनिती जिल्लाको बिकास र उनिहरुको सेवाभावमा समर्पीत गर्दै आएको बस्नेतले बताए । चाहे त्यो कोभिड होस या बाढी पहिरो म सबैभन्दा अगाडि रहेर जनताको सेवाभावमा अगाडि पुग्छु यसै कारण पनि सबैले राजनितीसँंगै ब्यक्तीगत रुपमा पनि मोहन बस्नेत चाहिने मान्छे हो भन्छन ,यसैमा खुसी र सुखी छु , उनले आफ्नो व्याख्या गरे । सीडनीका पुर्व आइसीसी सदस्य अरुण ठाकुरको एक प्रश्नमा बस्नेतले मधेश नेपाली कांग्रेशको लागि भोट बैंक मात्र नभइ ब्लड बैंक पनि भएको दाबि गरे । उनले भने कांग्रेशको राजनितीमा मधेशका धेरै नेता गणको रगत पसीना बगेको छ त्यसैले पनि म यसलाई भोट बैंक मात्र हैन ब्लड बैंक भन्न पनि रुचाउछु । बस्नेतले पाटीको आधिकारीक समिती भएकोले कार्यकालमा गुरुङ समितीले सबै साथीहरुलाई समेटेर अगाडि बढनु पर्ने अहिलेको आवश्यकता रहेको समेत बताए ।

जनसम्पर्क समिती अस्ट्रेलियाका सभापती सुरेस गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै एनआरएन ओसेनिया क्षेत्रका संयोजक दिनेशराज जोशीले राजनितीमा हुने उतारचढावले मानिशलाई तलमाथि पारेपनि बिचार र सिद्धान्त बोकेर हिड्ने मान्छेलाई यसले कुनै फरक नपार्ने बताए । जनसम्पर्क समितीका संस्थापक समेत रहेका जोशीले बिवाद र आपसी संघर्षका बिच पनि पार्टीले दिएको आधिकारीकता सबैभन्दा महत्वपुर्ण बिषय भएकोले अस्ट्रेलियाको सन्दर्भमा सुरेश गुरुङको नेतृत्वमा रहेको समिती एक मात्र आधिकारीक समिती भएको बताए ।
कार्यक्रममा एनआरएन आइसीसी सदस्य बुद्धी डल्लाकोटीले कांग्रेसको नाममा आस्थालाई पर सारेर फाइला लिनेहरु हावी भएको बताउदै प्रवासमा पनि आधिकारीक संस्थाको भुमिकाको खोजी हुनुपर्ने बताए ।
एनएडीफका पुर्व अध्यक्ष डिल्ली ढकालले राजनितीक आवरणमा गलत तत्वहरु हावी हुनु र नातावाद र कृपावादको उदय अहिलेको मुल संकट भएको बताउदै राजनितीमा परोपकारी अभियानको मुलमन्त्र जप्ने मोहन बस्नेतहरुको उदय अहिलेको आवश्यकता रहेको सुनाए ।
समितीका संरक्षक कृष्ण गीरी, एनआरएन अस्ट्रेलियाका पुर्व महासचिब ज्ञानेन्द्र रेग्मी, पुर्व आइसीसी सदस्य निरज श्रेष्ठ, युवा व्यवशायी उद्धव भट्ट,
ग्रानभिल समाजका उपाध्यक्ष भिम बस्नेत लगायतले मन्तब्य ब्यक्त गरेका थिए । समितीका महामन्त्री रोहित खड्काले सन्चालन गरेको कार्यक्रममा एनएसडब्लुका संयोजक शितल गीरीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । पुर्व मन्त्री बस्नेतले सोमबारनै राजधानी क्यानबेरामा समेत जनसम्पर्क समितीको कार्यक्रममा सहभािगता जनाउदै अन्तरक्रियामा सामेल भएका थिए । उनले सोही दौरान नेपाली राजदुतावासमा समेत पुगेका थिए । उनलाई जनसम्पर्क समितीका राज्य संयोजक ललीत मल्लले स्वागत गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्