नेभिगेशन
LEADING_MAIN

मेलबर्नमा नेपाल महोत्सब हुने

सिड्नी, ३ मे । एनआरएनए अस्ट्रेलियाको भिक्टोरिया राज्य समितिले आगामी १० सेप्टेम्बरका दिन मेलबर्नमा नेपाल महोत्सब गर्ने भएको छ । महोत्सवका बारेमा हालै मेलबर्नमा आयोजित छलफल कार्यक्रममा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष एबम् भिक्टोरिया राज्यका संयोजक हरि खड्काले महोत्सवलाई भब्य र सभ्य रुपमा सफल बनाउन समुदायका सबैको भूमिका महत्वपूर्ण हुने बताए । उनले महोत्सबको तयारि लगायत आयोजना र सम्पन्न गर्ने कार्यमा यहाको नेपाली समुदायमा रहेका सबैको स्वामित्व कायम कसरि गर्न सकिन्छ भन्नेतर्फ़ आफु सचेत रहेको उल्लेख गरे । महोत्सबका बारेमा नेपाल न्युज अस्ट्रेलियासंग कुरा गर्दै संयोजक खड्काले यसपटकको महोत्सबमा नेपाली सस्कृती ,कला ,पर्यटन ,रास्ट्रीय बिभुती लगायतका बारेमा हाम्रा नया पुस्तालाई बुझ्नेगरी जानकारी कसरी दिन सकिन्छ भन्नेतर्फ़ आफुहरु केन्द्रित रहेको बताए । मेलबर्न शहरको केन्द्र फेडरेसन स्क्वायरमा हुने सो महोत्सबमा नेपाली राजदुताबास ,कन्सुलेट कार्यालय , अस्ट्रेलियन सरकारका मन्त्रीहरु , नेपाली ,इन्डियन लगायत विभिन्न समुदायका संघ सस्थाका प्रतिनिधि हरुको उपस्थिति रहने छ । महोत्सब आयोजनाका बारेमा भएको सो छलफल कार्यक्रममा एनआरएनएका उपाध्यक्ष दुर्गा आचार्य , उप महासचिब नारायण काफ्ले ,अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरका अध्यक्ष राजेश आचार्य ,नेप्लिज एसोसियसन अफ भिक्टोरियाका अध्यक्ष राम गुरुङ , एनआरएनए भिक्टोरियाका पदाधिकारी एबम् विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्