नेभिगेशन
LEADING_MAIN

छन्त्यालले जित्यो टिका कार्की स्मृती भलिबल उपाधि

बाग्लुङ अस्ट्रेलियन समाजको आयोजनामा सन्चालित प्रथम टीका कार्की स्मृती भलिबल प्रतियोगिताको उपाधि छन्त्याल परिवार अस्ट्रेलियाले जितेको छ । सीड्नीका करिब एक दर्जन टिमले सहभागिता जनाएको प्रतियोगिताको फाइनलमा बाग्लुङको छन्त्याल परिवारले गुर्खा भलिबल टिमलाई पाँंच सेटको प्रतिस्पर्धात्मक फाइनलमा ३-२को सेटमा पराजित गर्दै उपाधि सहित दुइ हजार डलर र ट्रफी हात पारेको हो । दोस्रो हुने गुर्खा टिमले १२ सय डलर सहित उपविजेताको ट्रफी हात पारेका छन । निकै प्रतिस्पर्धात्मक फाइनलमा छन्त्याल परिवारले २५-१९ २५-१९ २१-२५ १७-२५ र १८-१६ले तिन सेट जित्दै वेष्ट अफ फाइभको खेलमा बाजि मारेका थियो । लिडकमस्थीत बास्केटबल कर्भडहलमा सन्चालित फाइनल खेलमा छन्त्याल समुहले लगातार दुइ सेट जित्दै खेलमा अग्रता लिएता पनि गुर्खाले तेस्रो र चौथो सेट जितेपछि खेल पाँंचौ सेटमा निर्णयक बन्न पुगेको थियो । सेट टिम भएपनि फाइनलमा छन्त्यालको सर्भीस पक्ष निकै फीतलो साबित भएको थियो । उनिहरुले कुल खेलमा १५ अंक सर्भिस आउट हानेर बिपक्षीलाई बलियो बनाएका थिए । जितका लागि मुस्कील देखिएको अन्तिम घडीमा अनुभवले प्रतिद्धन्द्धीलाई पछि पार्दै छन्त्यालले उपाधि हात पार्न सफल भएको थियो । यता पहिलो सेटमै आफ्ना बलिया स्पाइकरलाई चोटका कराण गुमाएको गुर्खाले टिममा आपसी तालमेल मिलाउन नसक्दा लगातार पहिलो दुइ सेटमा हार बेहोरेको थियो । तेस्रो र चौथो सेटमा लयमा फर्किएको गुर्खाका लागि वेस्ट स्पाइकर विजय लामाको उत्कृष्ट पर्दशन लोभलाग्दो रहयो । पाँंचौ सेटमा समेत अग्रता लिइसकेको गुर्खाले अन्तिम समयमा पुन आपसी तालमेल मिलाउन सकेन र उपाधिवाट बन्चित हुनुपरेको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि तिलक छन्त्यालले हात पारेका थिए भने वेष्ट डिफेन्डर गणेश छन्त्याल, वेष्ट सेटरमा गुर्खाका प्रकाश मगर र वेष्ट स्पाइकरमा विजय लामा घोषित भए । कार्यक्रममा स्वर्गिय टिका कार्कीको योगदान र संझनामा बोल्दै एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ ,रुपन्देही समाजका संस्थापक अध्यक्ष राज खनाल लगायतले उनको निधनले अस्ट्रेलियाको नेपाली समाजमा ठुलो क्षती पुगेको बताए । विजेता टिमलाई एनआरएनका उपाध्यक्ष देब गुरुङ , बाग्लुङ समाजका कार्यकारी अध्यक्ष बिकास सापकोटा, समाजका अभियन्ताहरु गोपाल श्रेष्ठ,कृष्ण सुनार , थमन कुवंर , दिपक अधिकारी, सुदिन केसी, सुमन बिष्ट तथा प्रयोजककातर्फवाट मेट्रो होम्सका अनुराग हुमागाँइ र आरके बिष्टले खेलाडीहरुलाई पदक ट्रफी तथा प्रमाणपत्र बितरण गरेका थिए । समाजको संस्थापक र अस्ट्रेलियाको नेपाली समाजमा भलिबल खेललाई सुरु गर्ने पत्रकार स्वर्गिय टीका कार्कीको स्मृतीमा समाजले यो प्रतियोगिताको थालनी गरेको समाजका कार्यवाहक अध्यक्ष बिकास सापकोटाले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्