नेभिगेशन
खेलकुद

ग्लोबल इन्टरफेस "टी टेन क्रिकेट" च्याम्पियनसिपको उपाधि एक्सपर्ट लाई

सिड्नी । भिक्टोरियाको मेलवर्नमा हालै सम्पन्न सम्पन्न ग्लोबल इन्टरफेस टी टेन क्रिकेट च्याम्पियनसिपको उपाधि एक्सपर्ट सगरमाथा ब्लुजले प्राप्त गरेको छ ।भिक्टोरियन नेप्लिज क्रिकेट संघको आयोजनामा भएको सो प्रतियोगिताको फाइनलमा एक्सर्ट सगरमाथाले फारवेस्ट हन्टरलाई ४२ रनले पराजित गर्दै उपाधि जितेको हो । पहिलो ब्याटिङ गरेको एक्सपर्टले एक विकेटको नोक्सानीमा एक सय ८५ रन जोडेको थियो भने । फारवेष्ट हन्टर दस ओभरको खेलमा चार विकट गुमाउँदै मात्र एक सय ४३ रनमा सीमित हुन पुगेको थियो । फाइनलमा एक्सपर्टका आशिष जिसीले शतकीय पारी र सुमितले अर्धशतक पूरा गरेका थिए । यता फारवेष्ट हन्टरका ब्याटसम्यानहरूमा बासुले ५६ रन जोडेका थिए। प्रतियोगिताको उत्कृष्ट बलरमा निराजन कार्की , उत्कृष्ट ब्याट्सम्यानमा मनिष खकुरेल , वेष्ट विकेट किपरमा सुदीप न्यौपाने र म्यान अफ दि सिरिजमा सञ्जय खत्री छानिए । प्रतियोगिताको विजेता एक्सपर्टलाई तीन हजार डलर तथा उपविजेता फरावेष्टलाई पाँच सय डलर नगदसहित प्रमाण प्रदान गरिएको संघका अध्यक्ष सुजित बस्नेतले जानकारी दिए। विजेता खेलाडीहरूलाई एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष हरि खड्का, ग्लोबल इन्टरफेसका निर्देशक विभूषण जोशी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सहारा मेलबर्न गठन

सहारा मेलबर्न गठन

बेसहाराहरूको सहारा बनेर पोखराबाट खेलुकदमा चम्किएको सहाराले आफ्नै एकेडेमी चलाउनुका साथै मोफसलको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपलगायत विविध सामाजिक काम गर्दै आएको छ ।
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।