नेभिगेशन
खेलकुद

एडिलेड नेप्लिज क्रिकेट एसोशियसन(एन्का)ले बालबालिकालाई क्रिकेट खेलाउने

३० अप्रिल ,सिड्नी । एडिलेडमा रहेका नेपालि मुलका बालबालिका हरुलाई लक्षित गरेर एडिलेड नेप्लिज क्रिकेट एसोशियसन(एन्का)ले क्रिकेट खेल खेलाउदै छ । आगामी अक्टोवर शुरु हुने क्रिकेटको सिजनका लागि एन्काले आफ्नो बालबालिकाको टिम `एन्का जेम्स´ का लागि यहि मे २८ मा एडिलेडमा खेलाडी छनौट गर्ने भएको छ । छनौट इन डोर हुने र त्यसका लागी मे १५ भित्र एन्कामा दर्ता हुनुपर्ने आयोजक सस्थाले जनाएको छ । आयोजक सस्थाका अनुसार छनौट भएका बालबालिकाहरुलाई एन्काले प्रशिक्षण दिने र साउथ अष्ट्रेलियमा रहेका अन्य क्लवहरुसंग हुने खेलहरुमा सहभागी गराइने छ । टिममा नेपालीको अलावा अन्य समुदायका बालबालिकाहरुको सहभागिता रहने छ । १० वर्ष र १२ वर्ष भन्दा कमका दुई उमेर समुहका खेलाडि हरुलाई प्रशिक्षणका लागि छनौट हुनेछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
सहारा मेलबर्न गठन

सहारा मेलबर्न गठन

बेसहाराहरूको सहारा बनेर पोखराबाट खेलुकदमा चम्किएको सहाराले आफ्नै एकेडेमी चलाउनुका साथै मोफसलको ठूलो फुटबल प्रतियोगिता आहा रारा गोल्ड कपलगायत विविध सामाजिक काम गर्दै आएको छ ।
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।