नेभिगेशन
अन्य

नगरको बिकासमा राजनीति भन्दा माथि उठ्नु पर्छ - सुसन बैद्य

बैशाख ३० गते हुने स्थानिय निर्बाचनको लागि राजनैतिक दलहरुले आफ्नो उम्मेदवारको टुंगो लगाउने कार्यलाई तिब्रता दिएका छन् । यतिखेर धेरैको ध्यान राजधानी काठमाण्डौ महानगरपालिका र भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार को को हुने भन्ने बिषयमा केन्द्रित छ । २०७४ सालमा नेकपा एमालेले बिजयी हासिल गरेको काठमाण्डौ महानगरपालिकामा यसपटक कांग्रेसले जित्नको लागि युवा अनि नयाँ अनुहारलाई अगाडी सार्नुपर्ने आवाज बलियो हुदै गएको छ । बास्तवमा काठमाण्डौ देशको पनि राजधानी भएकोले यसको दीर्घकालीन बिकासका लागि भिजन सहित नेपाली कांग्रेस काठमाण्डौ महानगर समितिका सचिब सुसन बैद्य महानगरपालिका हाक्ने दौडमा छन् । पेशाले इन्जिनियर बैद्य काठमाण्डौ बागबजार निवासी हुन् । वरपरका घटना ,समस्या र समाधानका उपाय खोज्ने मूल उद्देश्यका साथ नेपाली कांग्रेस काठमाण्डौ महानगर कार्यसमितिले सुरु गरेको " चिया चर्चा " अभियानमा होमिएका सुसन बैद्य काठमाण्डौ महानगरपालिका मेयरका लागि कांग्रेसका बलियो दाबेदार हुन् । मेयरका लागि सुसनका अलावा पूर्व राज्यमन्त्री तिर्थराम डंगोल, बहालवाला उप प्रमुख हरिप्रभा खड्की र कांग्रेस नेता प्रकासमान सिंह धर्मपत्नी सिर्जना सिंहको नाम चर्चामा छ । काठमाण्डौको भोलिको अवस्थालाई आकलन गर्न सक्ने नेतृत्व को खाचो रहेको बताउने सुसन त्यो खाचो आफ्नो पुस्ताले पुरा गर्ने बताउछन । नेपाल न्युज अस्ट्रेलियासंगको कुराकानीमा मेयर पदमा आफ्नो दाबीलाई प्रस्ट्याउदै उनि भन्छन् - ममा महानगरमा केहि गर्ने दीर्घकालीन कार्ययोजना मात्रै होइन हिम्मत अनि साहस पनि छ । उनि भन्छन् - अबको पुस्ताले पुरानो पुस्तालाई सम्मान र आदर अनि उहाहरुको योगदानलाई उच्च मुल्यांकन गर्दै अगाडि बढ्ने हो । अब पनि समयको प्रबाहसंगै अगाडी बढिएन भने हामी अझ पछाडी पर्ने छौ । स्वास्थ्य ,सिक्षा ,खानेपानीको उचित ब्यबस्थापन , फोहर ब्यबस्थापन र ट्राफिक ब्यबस्थापनका बिषयलाई आफुले चुनाबी एजेण्डाको रुपमा अगाडी बढाएका सुसन काठमाण्डौको जात्रा मेला र पर्व मात्रै होइन पुरातात्वीक महत्व बोकेका यहाको मठ मन्दिरको संरक्षण गरि आउदो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने आफुहरुको जिम्मेवारी भएको बताउछन् । कुराकानीको क्रममा उनले भने - हाम्रो पहिचानसंग जोडिएको यहाको सम्पदालाई संरक्षणको बिषयलाई राजनैतिक मुद्धा बनाइनु दुर्भाग्य हो । हाम्रा जात्रा ,पर्व अनि गुठीकोमात्र होइन प्रत्येक ईटाको ईतिहास र महत्वका बारेमा नयाँ पुस्तालाई बुझाउन बिध्यालयस्तरको पाठ्यक्रममा समाबेस गर्नु पर्नेमा जोड दिन्छन् । सामुदायिक बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीले कुनै खालको हिनताबोध मानसिकता बोक्न नपरोस भन्ने मनसायले आफुले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको विकासलाई प्राथमिकतामा राखेको बताउने बैद्य सार्बजनिक यातायात सेवालाई चुस्त दूरुस्त र भरपर्दो बनाउन बिशेस योजना हुनु पर्नेमा जोड दिन्छन् । बैद्यका अनुसार अबको दिनमा काठमाण्डौ उपत्यकाका सबै नगरलाई संगसंगै लैजान सक्ने नेतृत्व हुनुपर्छ । काठमाण्डौ उपत्याकामा ठुलो समस्याका रुपमा रहेको सार्बजनिक यातायात लाई भरपर्दो बनाउन काठमाण्डौको बुढानिलकण्ठदेखी ललितपुरको गोटिखेलसम्मको सडकलाई स्तरोन्नति गर्नुपर्ने खाचो औल्याउने सुसन बैद्य ट्राफिक ब्यबस्थापनको साथसाथै सार्बजनिक यातायातलाई ब्यबस्थित गर्न सके बिस्वकै तेस्रो बायु प्रदुषणको रुपमा रहेको काठमाण्डौलाई प्रदुषणमुक्त गर्न सकिने योजनाका साथ आफु अगाडी बढेको बताउछन । काठमण्डौको फोहर ब्यबस्थापन ,खानेपानी तथा ढल को उचित ब्यबस्थापनमा आफ्नो बिशेस जोड रहेको बताउने बैद्य फोहोरको उचित ब्यबस्थापनका लागि नगरबासीलाई सचेतना र प्रोत्साहन गर्नु पर्नेमा जोड दिन्छन् । उनि भन्छन् - नगरबासीले नो हर्न र मापसेलाई सहर्ष स्वीकार गरेका र कार्यान्वयनका सिलसिलामा सहयोगी भूमिका निर्बाह गरेका छन् । यसबाट के प्रस्ट हुन्छ भने - काठमाण्डौ लाई सभ्य ,बिकसित र बस्नयोग्य राम्रो सहर बनाउने सबालमा यहाका जनता सधै सकारात्मक छन् । यस्तै मुद्धा र बिषयलाई लिएर जनता माझ रहिरहन रुचाउने सुसन बैद्य नगरको समग्र बिकासको सबालमा राजनिती भन्दा माथि रहेर सबै एकजुट हुनुपर्ने बताउछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्