नेभिगेशन
सम्पादकीय

नयाँ बर्ष २०७९ को शुभकामना

सम्पादकीय नेपालीहरुको घर आगनमा आजदेखी नयाँ वर्ष २०७९ ले प्रबेस गरेको छ । नयाँ बर्षलाई बितेको वर्ष भन्दा खुशी सहितको परिणाममुखी बनाउने संकल्पका साथ नयाँ वर्षलाई स्वागत गरेका हामी नेपालीका लागी बितेको बर्ष त्यती फलदायी हुन सकेन । बिश्वब्यापी फैलिएको कोभिडको महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । कोभिड कै कारणले नेपाल भित्र र नेपाल बाहिर रहेका धेरै नेपालीले ज्यान गुमाए । कोभिड कै कारण प्रबासमा रहेका लाखौ नेपालीहरुको साझा सस्था गैर आवासिय नेपाली संघको १० औ बिस्व सम्मेलन समयमै हुन सकेन । फलस्वरूप प्रबासी नेपालीहरुको आशा र भरोसाको केन्द्रको रुपमा रहेको सो संगठनमा ब्यक्तिबादी चरित्रको हाबी र नेपालका राजनैतिक दलको प्रभाव खेप्नु पर्यो । संघका केहि व्यक्तिहरुको जुङ्गाको लडाइले गर्दा अदालत र पररास्ट्र मन्त्रालयको ढोका ढक्ढक्याउन पुगेका एनआरएनएका केहि ठालुहरू बिचको लडाइले संघलाई टुक्र्याइ छाड्यो । यो आम प्रवासी नेपालीहरुको लागी चिन्ता अनि अस्वीकार्य बिषय बन्न पुगेको छ । यसले बिगतका दिनमा नेपाली जनता र नेपाल सरकारबाट आर्जन गरेको बिस्वासलाई फर्काउन आगामी दिनमा ठुलो मेहनत गर्नुपर्ने देखिन्छ । हामी नेपाली विश्वका जुनसुकै कुना र कन्दरामा रहेपनि हाम्रो मन र मस्तिस्क नेपाल मै रहेको हुन्छ । हामी आफ्नो अध्ययन ,पेशा र रोजगारीको सिलशिलामा परदेशालाई आफ्नो कर्मथलो बनाएका हौ । हामी जहा जसरी रहेपनि जन्मभुमि प्रतिको कर्तब्य कहिल्यै बिर्सन सक्दैनौ । यो हामी नेपालीको सदियौ देखिको जीवन जिउने शैली हो । तसर्थ हामी जहा छौ चन्द्र सुर्य अंकित रास्ट्रिय झण्डा अनि सर्बोच्च शिखर सगरमाथा र भगवान गौतम बुद्धको जन्मस्थान लुम्बिनीलाई मन मस्तिस्कमा सजाएर गौरवका साथ बाचिरहन पाइयोस । नेपाली नयाँ बर्ष २०७९ को सबैमा हार्दिक शुभकामना ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्