नेभिगेशन
नेपाल समाचार

रुपन्देही सामाजिक संजालको नयाँ बर्षको कार्यक्रममा नेपाली क्यालेण्डर विमोचन

सिड्नी । रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले नेपाली नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान र बारबिक्यु कार्यक्रम सम्पन्न गरेको छ । अप्रिल १० तारिक आइतवार सिड्नी स्थित केन्ड्रिक पार्कमा विहान १२ बजे देखि साँझ ६ बजे सम्म चलेको कार्यक्रममा एन एस डव्लुका बहुसंस्कृतिक मन्त्री मार्क कोउर, नेपाली समुदायका अगुवाहरु, बिभिन्न संघ सस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, अभिभावक र बालबालिकाहरुको उल्लेख्य संख्यामा उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित बहुसंस्कृति मन्त्री मार्क कोउरलाइ संजालका अध्यक्ष मुक्तिराम पोख्रेल र संजालका उपाध्यक्ष दिवाकर काफ्लेले नेपाली टोपी, खादा र मायाँको चिनो प्रदान गरेका थिए । त्यस लगत्तै मन्तव्य राखेका मन्त्री कोउरले नेपाली समुदायको मुक्त कण्ठले प्रसंसा गरेका थिए । उनले अष्ट्रेलियामा बढ्दै गरेको नेपाली समुदायको योगदानको चर्चा गर्दै राष्ट्रिय राजनीतिमा जोडिन पनि आग्रह गरे । सो अवसरमा प्रमुख अतिथिले नेपाली क्यालेण्डरको पनि विमोचन गरेका थिए । कार्यक्रममा एन आर एन ए आइ सि सि उपाध्यक्ष धर्मराज अधिकारी, निवर्तमान उपाध्यक्ष मन केसी, प्रवासी नेपाली मन्च अन्तरराष्ट्रीय कमिटीका सचिव रमेश पाण्डे, फेन्काका महासचिव मधुसुदन पुडासैनी, सामाजिक अभियन्ता बिनोद पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए । बृज बक्स र प्रोप्रटी प्लसले प्रायोजन गरेको कार्यक्रममा संस्थाका पुर्व अध्यक्षहरु राज खनाल, कृष्ण गैरे, इश्वर पोख्रेल, प्रवासी नेपाली मन्च अष्ट्रेलियाका अध्यक्ष केशव जोशी, पत्रकार ऋषि आचार्य लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।सो कार्यक्रमा बालवालिका हरुकालागि बिभिन्न गेम खेलाइएको थियो भने राफल चिठ्ठा मार्फत बिभिन्न व्यक्तिहरुले पुरस्कार समेत प्राप्त गरेका थिए । संजालका अध्यक्ष मुक्तिराम पोख्रेलले अध्यक्षता गरेको कार्यक्रमको संचालन महासचिव रंजिता भण्डारीले गरेकी थिइन् भने संजालका उपाध्यक्ष एवं कार्यक्रम संयोजक दिवाकर काफ्लेले स्वागत मन्तव्य राखेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्