नेभिगेशन
LEADING_MAIN

अस्ट्रेलियन बजेटमा नेपाललाई ३१ मिलीयन डलर सहयोग

अस्ट्रेलिया सरकारले घोषणा गरेको यस बर्षको बजेटमा नेपाललाई ३१ मिलियन डलर अर्थात करिब २ अर्ब ८० करोड रुपैयाँ सहयोग बजेट छुट्टयाएको छ । नियमित रुपमा अस्ट्रेलियाले बिकासोन्मुख देशहरुलाई दिने यो सहयोग नेपालको सन्दर्भमा भने गत वर्षको तुलनामा यो केहि बढी हो । अस्ट्रेलियाका अर्थमन्त्री जोस फ्रयाडनबर्गद्वारा यसै हप्ता प्रस्तुत बजेटमा यो बिवरण सार्वजनिक गरिएको हो । अस्ट्रेलियन सरकारको यस वर्षको नया बजेट अनुरुप नेपालले द्धिपक्षीय कार्यक्रम अन्तर्गत ९.१ मिलियन डलर रहेको छ भने प्रत्यक्ष सहायता कार्यक्रम अन्तर्गत २२ मिलियन डलर बिनियोजन गरिएको छ । अस्ट्रेलियाद्वारा दिने भनिएको द्धिपक्षीय बिनियोजन सहयोग गत वर्षको तुलना अनुरुप रहेको छ भने सहायता कार्यक्रम अन्तर्गत दिने रकममा भने केहि बृद्धी गरिएको छ । गत वर्ष अस्ट्रेलियाको बजेटमा नेपाललाई जम्मा २०.५ मिलियन डलर सहयोग रकम छुट्टाइएको थियो । भर्खरै अस्ट्रेलिया आइपुगेका कार्यबाहक नेपाली राजदुत कुल बहादुर मगरले यस बर्षको बजेटमा अस्ट्रेलियन सहयोगमा बृद्धी हुनु निकै महत्वपुर्ण बिषय भएको बताए । दुइ देश बिचको कुटनितीक सम्वन्ध मजबुत हुदै गएको अवस्थामा आपसी सहयोग र सम्वन्धमा बिस्तार हुदै जाने कुरा यसै हप्ता जिम्मेवारी सम्हाल्न अस्ट्रेलिया आइपुगेका मगरले सुनाए । आफु भर्खरै अस्ट्रेलिया आइपुगेको सन्दर्भमा धेरै कुरा जानकार नभएको समेत उनले सुनाए । अस्ट्रेलिया र नेपालबिचको ६० वर्षभन्दा लामो द्धिपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने सन्दर्भमा नेपालको स्वास्थ्य सुरक्षा, स्थिरता, आर्थिक सुधार लगायत क्षेत्रमा दुइ देश मिलेर काम गर्ने समेत बजेटमा उल्लेख गरीएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्