नेभिगेशन
कला/शैली

एक्सपर्ट सोनु निगम साँझ अस्ट्रेलियाका प्रमुख शहरमा

कृष्ण तिवारी सिड्नी । स्टार एलाइन्स इन्टरटेन्टमेन्ट्सको आयोजनामा यही मे २० देखि सुरु हुन लागेको एक्सपर्ट सोनु निगम साँझको प्रायोजन संझौता सीडनीको पारमाटामा आज सम्पन्न भएको छ । सीम्फोनी अर्केस्ट्रा रफी किशोर और मे नाम दिइएको सोनु निगमको यो सागितिक कार्यक्रम अस्ट्रेलियाका ६ वटा प्रमुख शहरहरुमा आयोजना हुने छ । एक्सपर्ट एजुकेशनको पारामाटा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संझौता पत्रमा हस्ताक्षर गर्दै एक्सपर्टका जनलर म्यानेजर मन्जित घिमिरे र स्टार एलाइन्सका चिराग पारेखले संझौतापत्रमा हस्ताक्षर गरे । सो कार्यक्रम सीडनी ,क्यानबेरा ,पर्थ र एडिलेडको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेशन रहने र ब्रिजबेनमा टाइटल स्पोन्र्सस तथा मेलवर्नमा भिषा पार्टनरका रुपमा रहने पनि कार्यक्रमा आयोजकको तर्फवाट स्टार एलाइन्सका चिराग पारेखले बताए । अस्ट्रेलियाका मुख्य छ शहरहरुमा पहिलो पटक यति ठुलो सांगितिक कार्यक्रम आयोजना हुन लागेको बताउदै आयोजकले यसका लागि कुल १३ लाख अस्ट्रेलियन डलरको कुल बजेट रहेको बताए । सोनु निगम एकल साँझका लागि निकै ठुलो अर्केस्ट्रा टोली समेत भारतवाट अस्ट्रेलिया आउने भएको छ । एक्सपर्ट सोनु निगम लाइभ कन्सर्टको सुरवात भने २० मेमा ब्रिसबेनवाट प्रारम्भ हुनेछ । त्यसपछि मे २१ मा सीडनीको हिलसङ कन्भेन्सन सेन्टरमा , मे २८मा मेलवर्न,मे २९ मा क्यानबेरा तथा एडिलेडमा जुन४ र पर्थमा जुन पाँंचमा अन्तिम सा.गितिक कार्यक्रम हुने तय गरिएको आयोजकले जनाएको छ । कोभिडको लामो बन्दपछि पहिलो पल्ट चर्चित भारतिय गायक अस्ट्रेलिया भ्रमणमा आउन लागेको र यसले सबैलाई आन्दीत पार्ने कार्यक्रमका बजार ब्यवस्थापक मन्जित चोपराले बताए । प्रायोजकको तर्फवाट एक्सपर्ट एजुकेशनका कार्यकारी निर्देशक मन्जित घिमिरेले संगितको कुनै सीमाना नहुने र त्यसमाथि मित्र राष्ट्रको गित संगित सबैको चेहेता भएकोले आफ्नो व्यबशायको बजार प्रर्वधनका लागि एक्सपर्टले यस सांगितिक कार्यक्रमको प्रायोजन गरेको बताए । कार्यक्रममा एक्सपर्टले प्रोमो कोड मार्फत टिकमा दश प्रतिशत छुट तथा आफ्ना विध्यार्थी भाइ बहिनीका लागि आकर्षक निशुल्क टिकटको प्रतिस्पर्धा समेत गराउने घिमिरेले सुनाए । त्यसमा दुइ लक्की विजेताले कार्यक्रममा निशुल्क प्रवेशसँंगै सोनु निगमसँंग भेटको अवसर समेत पाउने छन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्