नेभिगेशन
नेपाल समाचार

साफ पदकधारी सुरेन्द्रको अध्यक्षतामा बिश्वब्यापी कराँते संगठन

नेपालबाट आफ्नो सफल भविष्य कल्पना गर्दै बिदेशिएर विश्वका विभिन्न भूगोलमा छरिएर रहेका करातेका बरिस्ठ खेलाडी, प्रशिक्षक तथा निर्णायकहरुलाइ एकढिक्का गर्दै नेपालका खेलाडीहरुको उत्थान प्रबर्धन गर्ने उदेश्य सहित गठन गरिएको विश्वब्यापी नेपाली कराते संगठनको प्रथम बार्षिक साधारणसभा नेपाल करातेका जन्मदाता कराते भिष्मपितामा थानेश्वर राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । नेपालका पुर्व अन्तराष्ट्रिय खेलाडी एबम संगठनका अध्यक्ष सुरेन्द्र लाल श्रेष्ठले उक्त प्रथम बार्षिक साधारणको सभापतित्व गरेका थिए । कार्यक्रममा संगठनका संस्थापक एबम पुर्व अन्तराष्ट्रिय बरिस्ठ खेलाडी हाल जापान निवासी राजपाल कर्माचार्यले कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै संथा लाइ सबैले मिलेर अगाडी बढाउनु पर्ने कुरामा जोड दिएका थिए । नेपाल सरकारको लामो अनुभव बोकेका विश्व नेवा संगठनका उपाध्यक्ष विमलमान श्रेष्ठ साथै क्यानाडाका सी पी ए हाम्रो संगठनका मानार्थ सदस्य प्रकाश बहादुर सिंहको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा मानार्थ सल्लाहकारद्वयले संगठनको उत्तरोत्तर प्रगतिको कामना गरे । कार्यक्रममा बोल्दै गुरु थानेश्वर राई , हेम बहादुर पुन , आनन्दु थिङ्गले एकता नै संगठनको शक्ति भएकोले सधै एकताबद्ध भएर अगाढी बढे संगठनको उदेश्य प्राप्त गर्न सकिने साथै संस्था लाइ आर्थिक भौतिक रुपमा बलियो बनाउन सकिने कुरामा जोड दिए । नेपालमा सचिवालय र विभिन्न राज्यहरुमा च्याप्टर खोल्नुपर्ने सुझाव वरिष्ठ प्रशिक्षक आनन्दु थिङ्गले दिएका थिए । करातेका बरिष्ठ प्रशिक्षक सुरेश बैद्य,देउराली क्लबका संस्थापक बरिष्ठ प्रशिक्षक गुरु सुधिर नाथ नेवा लगायतका संगठनका विविध पक्षका बारेमा प्रकाश पारेका थिए । पुर्व राष्ट्रिय खेलाडी निर्मल सेढाई लाई संगठनको वेबसाइट बनाउन र प्रकाश बहादुर सिंहलाई संस्था दर्ता प्रक्रिया लगाएत हाल सम्मको आर्थिक पक्ष व्यवस्थापनका लागि अध्यक्ष सुरेन्द्रलालले धन्यबाद ब्यक्त गरेका थिए । कार्यक्रममा संगठनका कोषाधक्ष पुर्व अन्तराष्ट्रिय खेलाडी सुनिता महर्जन श्रेष्ठले गत वर्षको आय तथा व्यय बिवरण प्रस्तुत गर्नुका साथै उपाध्यक्ष रामेश्वर श्रेष्ठले संगठनको प्रगति बिवरण पेश गरेका थिए । कार्यक्रममा संगठनका माहासचिब बरिष्ठ रेफ्री सरोज भट्टराईले संसारभर छरिएर रहेका खेलाडी तथा प्रशिक्षकहरुको छाता संगठन बनाउने उद्देस्यमा आफुहरु अगाडि बढने बताए । कार्यक्रमका पुर्व अन्तराष्ट्रिय खेलाडी एवं संगठनका सचिब मुकेश बरुवालले संगठनको उद्देश्य प्राप्तिमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्